काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिसम्बन्धी विभिन्न विषयमा छलफल गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको बैठकमा उनले कृषि उत्पादनमा आत्मनिर्भर बन्न नीति सुधार, कृषि ऐनको मस्यौदा तयारी, स्पष्ट कृषि नीति निर्माण, र किसानलाई प्रदान गरिने सेवाको सहजताजस्ता विषयमा सरोकारवालासँग कुराकानी गरेका छन्।
यस बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिद र वितरण प्रक्रियालाई सरल बनाउन कानुनी संशोधन, मल र कृषि उपजमा हुने कालोबजारी नियन्त्रण, किसानलाई सहुलियतपूर्ण कृषि कर्जाको व्यवस्था, कृषि लगानी दशक “२०८१–०९१” को कार्यान्वयन, उखु किसानलाई दिइने अनुदान तथा प्रोत्साहन रकमको भुक्तानी, चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, आउँदो वर्षको नीति तथा योजना तर्जुमा, नेपाल कृषि अनुसन्धान परिषद् र दुग्ध विकास संस्थानको पुनर्संरचनालगायत किसानको जनजीविकासँग जोडिएका विषयमा जानकारी गराइएको थियो
।
प्रतिक्रिया दिनुहोस्