नेपाली जनप्रगतिशील मञ्च कतारले मनायो ३०औं जनयुद्ध दिवस……

दोहा कतार- नेपाली जनप्रगतिशील मञ्च कतारले ३०औं जनयुद्ध दिवस गत शुक्रबार फुलबारी रेष्टुरेन्टमा भब्यताका साथ मनाएको छ । मञ्चका अध्यक्ष राजेन्द्र देवकोटा (राज) को अध्यक्षता, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया प्रदेश (सार्क बाहेकका) प्रदेश सह-इन्चार्ज डिवी क्षेत्रीको प्रमुख आतिथ्यता, गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट र माओवादी केन्द्र एसिया प्रदेश (सार्क बाहेकका) संयोजक शनि कुमार ओलीको विशेष आतिथ्यतामा दिवस मनाएको हो ।

सयौं वर्ष देखि राजाहरुले शासन गर्दै आएका शासक बर्गको अन्त्य र नेपाल र नेपालीहरुको आमूल परिवर्तनको निम्ती संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको परिकल्पना सहित बि.सं. २०५२ फाल्गुन १ गते तत्कालीन श्री ५ को सरकार सङ्ग शसत्र बिद्रोहको घोषणा गरि तत्कालीन नेकपा माओवादीले आजको यो बेबस्था ल्याउनको लागि आन्दोलनको सुरुवात गरेको थियो त्यही दिनलाई सम्झेर माओवादीले जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउदै आएको छ ।

कार्यक्रमको सेड्युल अनुसार नै अतिथिको आसन ग्रहण, नेपाली राष्ट्रिय गान, सहिदहरुको स्मरणमा मौन धारण गरे पछि प्रमुख अतिथि क्षेत्री सहित विशिस्ट अतिथि र अतिथिहरुले दिप प्रज्वलन गरि विधिवत रुपमा समउद्घाटन गरेका कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको विशेष आतिथ्यताको साथै माओबादी प्रती आस्थावान नेपालीहरुको बाक्लो उपस्थित रहेको थियो ।

मञ्चका उपाध्यक्ष सरिता भण्डारी पौडेलले उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेकी कार्यक्रममा उपस्थित भएका विभिन्न संघ संस्था तथा वैचारिक संस्थाका प्रतिनिधि सहित विशिष्ट व्यक्तित्वहरुले आ-आफ्नो मन्तव्य राखेका थिए । त्यसै क्रममा संयोजक ओलीले माओवादी आन्दोलन र जनयुद्ध हिजो पनि सहि थियो आज पनि सहि छ भन्ने कुरा प्रष्ट पारेका थिय । उनले जनयुद्धलाई प्रतिगामी तत्वहरुले गलत तरिकाले ब्याख्या अपब्याख्या गरेको प्रती दुख व्यक्त गर्दै यसो नगर्न पनि चेतावनी दिएका छन ।

ओलीले थप बोल्दै आन्दोलन सम्पुर्ण सिमान्तकृत बर्गहरुको अधिकार र हकहितको निम्ती रहेको बताउदै स्वर्गिय गिरिजा प्रसाद कोईराला र माधाव नेपालले आन्दोलन सफल बनाउनको निम्ती सहयोग गरेको र त्यो सहयोग बिना सफल नहुने पनि उनले बताएका थिए । बहुमतको आडमा नेपाली जनताको हक अधिकारलाई कुण्ठित गर्ने गरि अहिलेको सरकारले संविधान संसोधन गर्न खोजेको आरोप लगाउदै यसो नगर्न नेपाल सरकारलाई आग्रह गर्दै संसोधन गर्नै परे पुर्ण समानुपातिक सहित कार्यकारी राष्ट्रपती र बिज्ञ मन्त्रीको बेबस्था सहित गरिनु पर्ने पनि ओलीले माग गरेका छन ।

मन्तव्यकै क्रममा प्रमुख अतिथि क्षेत्रीले परदेशमा रहेका सम्पुर्ण श्रमिकहरुलाई एकजुट भएर राम्रा काम गर्नेलाई साथ र सहयोग गर्न अपिल गरेका थिए । आफुले एनआरएन अभियाममा रहदा हजारे अभियान संचालन गरेको र अहिले त्यहि अभियानलाई नेपाल सरकारले सामाजिक सुरक्षा कोषको रुपमा स्थापित गरेको प्रती खुशी व्यक्त गर्दै यस अभियानमा प्रवासमा रहेका सम्पुर्ण नेपाली श्रमिकहरुलाई जोडिनको लागि आग्रह गर्दै ८४ को चुनावमा माओवादी केन्द्रलाई बहुमतको भोटको लागी पनी अपिल गरेका थिए । उनले आगामी चुनावमा बिदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउनुपर्छ भन्ने बुलन्द आवज उठाएको बताएका छन ।

मञ्चका महासचिव योगेन्द्र तामाङले सहजीकरण गरेका कार्यक्रममा कतारमा रहेका कलाकारहरु सुरेश विसी, सुमित्रा भट्टराई, शान्ति ओली, सन्देश सोनी लगायतले विभिन्न क्रान्तिकारी गितहरु गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

सम्बन्धित समाचार