कतारमा युवा उद्यमी र समाजसेवी झविन्द्र आचार्यको सडक दुर्घटनामा निधन

काठमाडौँ । गुल्मीको मालिका गाउँपालिका घर भइ कतारमा व्यवसाय गर्दै आएका युवा उद्यमी र समाजसेवी झविन्द्र आचार्यको सडक दुर्घटनामा निधन भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कतारको हमाद अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

 

आचार्य गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार, साथै लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष समेत थिए।

 

४० वर्षीय आचार्यको शव सनैया स्थित हमाद अस्पतालको मर्चरी सेन्टरमा राखिएको छ। रातो पाटी बाट साभार

 

सम्बन्धित समाचार