बहराइन- नेपाली जनप्रगतिशील मञ्च बहराइनले आफ्नो १५औं स्थापना दिवस सम्पन्न गरेको छ । २१, फेब्रुअरी २०२५ शुक्रबार बहराइनको मनमा स्थित भेटघाट नेपाली रेस्टुरेन्टको सभाहलमा एक भव्य समारोहका बिच कार्यक्रम सम्पन्न भएको हो ।
मञ्चका अध्यक्ष रामु काफ्लेको सभा अध्यक्षता, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र एसिया प्रदेश(सार्क बाहेक)का प्रदेश कमिटी संयोजक शनि कुमार ओलीको प्रमुख आतिथ्यता र सभामा उपस्थित सम्पुर्ण अतिथिहरुको आतिथ्यतामा नेपाली राष्ट्रिय गान बजाई सुरु गरिएको कार्यक्रममा नेपाली इतिहासको विभिन्न कालखण्डमा मुक्तिकामी आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञत अज्ञात सहिदहरु प्रती एक मिनेट मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
बिधिवत रुपमा प्रमुख अतिथी वली सहित विशिष्ट अतिथिहरुले एक साथ कलसमा दीप प्रज्वलन सङ्गै ब्यानर अनावरण गरि उद्धाटन गरेका कार्यक्रममा बहराइनमा स्थापित सम्पुर्ण नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधि एवं सामाजिक अभियन्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो । साथै मञ्च बहराइनका संस्थापक तथा एसिया प्रदेश सचिवालय सदस्य नारायण रपाल, एसिया प्रदेश सदस्य बुद्धि प्रसाद भण्डारी, नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष राजेन्द्र देवकोटको साथै गैर आबसिय नेपाली संघ बहराईनका अध्यक्ष राजकुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
अतिथि बक्ताहरुले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा मञ्चको १५ वर्षीय योगदानको चर्चा गर्दै स्थापना दिवसको शुभकामना दिएका थिए। कार्यक्रममा मञ्चका सांस्कृतिक विभागका कलाकार बामदेव भाटले जनगायक जीवन शर्माको प्रसिद्ध गीत “सिमली छायाँमा बसी भरिया लामो सास फेरेको” भन्ने बोलको गीत प्रस्तुत गर्दै सहभागीहरूलाई मन्त्रमुग्ध पारेका थिए भने अन्य कलाकारहरुको पनि प्रस्तुती रहेको थियो ।
मञ्चका संस्थापक तथा एसिया प्रदेश सचिवालय सदस्य रपालले मञ्चको विगतका उपलब्धिहरूको चर्चा गर्दै संस्थालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए भने प्रमुख अतिथि वलीले कार्यक्रममा उठेका विषयवस्तुको जवाफ दिँदै अब नेपाली राजनीतिको मियो माओवादी बाहेक अरु पार्टीले गर्न नसक्ने र सम्भावना पनि नरहेको बताउदै प्रवासका संगठनहरू बाट पनि राजनीतिक चेतनाको विकास गर्दै अगाडि बढ्नु पर्ने बताएका थिए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष रामु काफ्लेले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै उत्साह र सहभागिताको अपेक्षा राख्दै मञ्चले प्रवासी नेपाली समुदायका हकहितका लागि थप सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा मञ्चका उपाध्यक्ष गोपाल सेजवालले मञ्चको बारेमा छोटो व्याख्या गरि यसको उद्देश्य, इतिहास र उपलब्धिहरूको चर्चा गर्नुको साथै, हलमा उपस्थित सम्पूर्ण अतिथि, शुभेच्छुक र सदस्यहरूलाई स्वागत मन्तव्य द्वारा स्वागत गरेका थिए भने मञ्चका अर्का उपाध्यक्ष मिनराज नाथले कार्यक्रमको सहजीकरण गरेका थिए ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्