नेपाल तामाङ घेदुङ जोहोर मलेसियाको अधिवेशन आउँदो अप्रिल ६ तारीख २०२५ आइतबार हुँदै 

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया: मुलुकमा रोजगारको अवसर प्राप्त नहुदा बैकल्पिक रोजगारको लागि लाखौं युवाहरु बैदैशिक रोजगारमा जान रहर हैन बाध्यता हो यस्तै विभिन्न देश मध्य एक मलेसियामा पनि रोजगारीका लागि लाखौंको संख्यामा नेपाली युवाहरु मलेसिया पुगेका छन् ।

आफ्नो देशमा रहेर आफ्नै माटोमा रहेर आफ्नो परिवार सग बसेर आफ्नो पसिना बगाउने इच्छा आकान्क्षा हुदा हुँदै पनि आफ्नो र आफ्नो परिवारको भबिस्य निर्माणको निमित्त तथा आफ्नो बाल बच्चालाई गुणस्तर शिक्षा दिनको लागि ठूलो सपनाको पोको बोकि लाखौं युवाहरूले आफ्नो देश छोड्न बिबस छन।जहाँ रहेर पनि आफ्नो देश छोडेपछि पनि आफ्नो कला संस्कृति मौलिकता लाई पनि निकै महत्त्व दिने गरेका छन्।

यस्तै क्रममा नेपाल तामाङ घेदुङ, क्षेत्रीय कार्यसमिति जोहोर मलेसियाको सोमछा अधिवेशन गर्ने भएको छ।

अधिवेशन आउँदो अप्रिल ६ तारीख २०२५ आइतबारको दिन हुने आयोजक समितिले जानकारी दिएको छ कार्यक्रम गैर आवासिय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोरको सभाहलमा हुँदैछ।

उक्त कार्यक्रमको लागि विभिन्न संघ संस्था समाजसेवि बुद्धिजीवी खेलाडी कलाकार पत्रकार व्यवसाय लगाएतको उपस्थिति रहने नेपाल तामाङ घेदुङ, क्षेत्रीय कार्यसमिति जोहोर मलेसियाले बताएको छ।

nepalijanatakhabar

समबन्धित समाचार