काठमाडौं — शिक्षकहरूले थालेको आन्दोलनका कारण काठमाडौंको ट्राफिक सेवा निकै प्रभावित भएको छ।
शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले मुख्य सडक बन्द गराएपछि राजधानीका धेरै ठाउँमा ट्राफिक जाम भएको छ।
२१ दिनदेखि शिक्षकहरू माइतीघर, बबरमहल हुँदै नयाँ बानेश्वरसम्मको सडक क्षेत्रमा धर्ना र प्रदर्शन गर्दै आइरहेका छन्।
नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको यो आन्दोलनका कारण तीनकुनेदेखि माइतीघर क्षेत्रसम्मको यातायात प्रभावित भएको हो। बानेश्वरदेखि माइतीघरसम्मको मुख्य सडक पूर्ण रूपमा बन्द छ, जसको असर अन्य क्षेत्रहरूमा पनि देखिएको छ।
मुख्य सडक बन्द भएपछि सार्वजनिक गाडीहरूलाई तीनकुनेबाट बानेश्वरतर्फ जान रोक लगाइएको छ।
साना गाडीहरू पनि डाइभर्ट गरिएकाले करिडोर क्षेत्रमा लामो ट्राफिक जाम हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस्