कतारमा स्थापित तिन जिल्ला संस्थाको संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न….

दोहा कतार- कतारमा स्थापित तिनवटा जिल्ला संस्थाले संयुक्तरूपमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा गण्डकी प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरु पर्वत समाज कतार, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार र बागलुङ सेवा समाजले शुक्रबार कतारको हमाद हस्पिटल अन्तर्गतको नेसनल ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

बिहान ८ बजेदेखि सुरु भई दिउँसो १ बजेसम्म चलेको कार्यक्रममा नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदी सहित दोहामा स्थापित विभिन्न संघ संस्था, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विशिष्ट व्यक्तित्व, समाजसेवी, व्यवसायी लगायतको उल्लेखनीय उपस्थिति मध्ये ६५ जनाले रक्तदानको लागि रजिस्ट्रार गरेका थिए । जसमा ५३ जना मात्रै रक्तदान गर्न सफल भए भने १२ जना विभिन्न कारणले रक्तदान गर्नबाट बन्चित भएका थिए ।

प्रवासमा रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले पहिलो पटक संयुक्त रूपमा आयोजना गरिएको रक्तदान कार्यक्रमको सुरुमा नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले रक्तदान गरे सङ्गै पर्वत समाज कतारका अध्यक्ष सन्तोष क्षेत्री, मोना कतारका अध्यक्ष बाबुराम भण्डारी, बागलुङ सेवा समाजका अध्यक्ष निराजन गौतम पनि रक्तदान गरेका थिए ।

कार्यक्रममा कार्यक्रमको समन्वय गर्ने रक्तदाता संघ, प्रचारप्रसार गरि सहयोग गर्ने मिडिया तथा पत्रकारहरु सहित रक्तदान जस्तो पुण्यको काममा सहभागी भएर रक्तदान गर्ने सबै रक्तदाताहरू लाई आयोजक संस्थाहरुको तर्फबाट धन्यवाद दिदै प्रशंसा तथा कदर पत्रद्वारा सम्मान पनि गरिएको थियो ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

समबन्धित समाचार