अदालतको अवहेलना मुद्दामा गगन थापासँग सर्वोच्चले माग्यो लिखित स्पष्टीकरण

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं। अदालतको अवहेलना सम्बन्धी मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सर्वोच्च अदालतले लिखित स्पष्टीकरण मागेको छ।

 

कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थापासँग लिखित जवाफ माग्न आदेश दिएको हो।

 

आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अदालतको अवहेलना भएको भन्दै मुद्दा दायर गरेका थिए।

 

गगन थापाले गएको बिहीबार ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा सर्वोच्चले निर्णय नगरी रोकिरहेको आरोप सार्वजनिक रूपमा लगाएका थिए।

nepalijanatakhabar

समबन्धित समाचार