काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
आज जनमत पार्टी र नाउपाबीचको पार्टी एकता घोषणा कार्यक्रम तय गरिएको थियो। उनलाई सोही कार्यक्रममा सहभागी हुँदै गर्दा प्रहरीले पक्राउ गरेको हो।
कमलादीस्थित प्रज्ञा भवनको परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगिएको बताइएको छ। तर, किन पक्राउ गरियो भन्ने कारण भने खुलेको छैन।
टीकापुर घटनाका मुख्य आरोपी रहेका चौधरीलाई २०८० साल जेठ १५ गते राष्ट्रपतिबाट कैद माफी पाएपछि जेलमुक्त गरिएको थियो। काठमाडौं प्रहरीका एक अधिकारीका अनुसार, अदालतको फैसला कार्यान्वयन गर्न आदेश आएको हुँदा उनलाई पक्राउ गरिएको हो।
एकता घोषणाका लागि आयोजना गरिएको कार्यक्रममा दुबै पार्टीका नेता र कार्यकर्ता उपस्थित थिए। तर रेशम चौधरी पक्राउ परेपछि कार्यक्रम अन्योलमा परेको छ।
प्रतिक्रया दिनुहोस्