राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नवनियुक्त गभर्नर विश्व पौडेललाई लक्षित गर्दै कटाक्ष गरेका छन्। पौडेललाई ‘चुनाव हारेको’ भन्दै उनले कार्यकर्तालाई नै गभर्नर बनाइएको आरोप लगाएका छन्।
शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “अझै पनि देश बन्ने आश गर्नु पर्यो, चुनावमा हारेको कार्यकर्ता गभर्नर बन्छ भने।”
आज मात्रै विश्व पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त भएका हुन्। उनी नेपाली कांग्रेसको सिफारिसमा नियुक्त भएका हुन्, जुन पार्टी अहिलेको सत्तारुढ गठबन्धनमा प्रमुख साझेदार हो।
पछिल्लो संसदीय निर्वाचनमा पौडेल चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए, तर राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका थिए।



			
                            
                            
                            
प्रतिक्रया दिनुहोस्