किरात याक्थुङ चुम्लुङ कतारले मनायो यक्वा तङ्नाम- ५०८५ उभौली…….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- किरात याक्थुङ चुम्लुङ कतारले यक्वा तङनाम- ५०८५ (उभौली चाड) गत शुक्रबार भव्य रुपमा मनाएको छ ।

किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष सागर तुम्बाहाङ्फे लिम्बुको सभापतित्व, नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा प्लाजामल स्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा भाषा, धर्म, लिपि, संस्कार, संस्कृती, साहित्य र पहिचानहरुको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उदेश्यका साथ शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरि यक्वा तङ्नाम ५०८५ (उभौली चाड) २०२८ मनाएको हो । 

विधिवत रुपमा ब्यानर अनावरण, दिप प्रज्वलन गर्दै राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रमले लिम्बू समुदायको प्रचलन अनुसार पुजाआजा गरिएको थियो भने कार्यक्रमको उद्देश्यको बारेमा प्रष्ट पार्दै संस्थाका वरिष्ठ उपाध्यक्ष बिबस मादेन लिम्बुले स्वागत मन्तव्य राखे लगतै लिम्बू कलाकारहरुले लिम्बू साँस्कृतिक गीतमा स्वागत नृत्य मार्फत उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।

यक्वा तङनाम उभौली चाड विशेषगरी बज्र नपारोस, असिाना नपरोस, आँधीवेहरी नआओस, अनेकन रोगहरू नउब्जोस, खडेरी नलागोस अमृतमय अन्न उब्जाउने पानी परोस, प्राण पखेरु बचाउने हावा बहोस, अनिष्ट नहोस, बाढी पहिरो नबगोस् भनी अनुष्ठान गरी प्राकृतिक विपत्तिबाट सुरक्षित हुनको लागि पुजाआजा गरि मनाइने गरिन्छ र सोही अनुसार याक्थुङ चुम्लुङ कतारले पनि अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि यो चाड मनाएको हो ।

संस्थाका महासचिव बिरेन मादेन लिम्बुले शुभकामना मन्तव्य र साङ्गीतिक प्रस्तुतिको तालमेल मिलाएर निकै आकर्षक तरिकाले सहजीकरण गरेका कार्यक्रम अवधिभर कतारमा रहेका कलाकारहरुले किरात समुदायको मौलिक झाँकी सहित पालाम, केलाङ नृत्य लगायत लिम्बू समुदायमा नाचिने विभिन्न नाचहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा बोलेका वक्ताहरूले किराँती संस्कार र संस्कृतीको जगेर्ना गर्न याक्थुङ चुम्लुङ कतारले खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका थिए ।

एनसीसी कतारका दित्तीय उपाध्यक्ष केशव कार्की लगायत दोहामा स्थापित विभिन्न संघ संस्था, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, महासंघ कतारमा आवद्ध मातृसंस्थाहरु, प्रदेश तथा जिल्ला संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार कलाकारहरुको विशेष आतिथ्यता सहित उल्लेखनीय नेपालीहरुको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले याक्थुङ चुम्लुङ कतारले आफनो भाषा, धर्म, लिपि, संस्कार, संस्कृती, साहित्य र पहिचानको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धनको लागि खेलेको अहम भुमिका प्रती आफुलाई अत्यन्तै खुशी लागेको बताउदै यस्तो कला र संस्कृति विशेष कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गरेका थिए । 

कार्यक्रमका सभापति, प्रमुख अतिथि र केही विशिष्ट अथितिलाई फेटा लगाएर सम्मान गरिएको थियो भने नेपाल आदिवासी जनजाती महासंघ अन्तर्गत पर्ने मातृ संस्थाहरुले एक अर्का बिचको सम्बन्ध प्रगाढ र सद्भावपुर्ण बनिरहोस भनि एकमुष्ठ रूपमा बिभिन्न खानपिन सहितको कोसेली प्रदान गरेका थिए । 

कार्यक्रमको अन्तमा सभापति सागर तुम्बाहाङ्फे लिम्बुले प्रवासमै भएपनि आफ्नो समुदायले भब्यताका साथ उभौली चाड मनाउन पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो निमन्त्रणालाई स्विकार्दै उपस्थित भएर कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रम संयोजकको भुमिका रबिन चेम्जोङ लिम्बुले गरेका थिए ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

nepalijanatakhabar

समबन्धित समाचार