काठमाडौं ।गृहमन्त्री रमेश लेखकले भिजिट भिसासम्बन्धी प्रकरणमा आफू कुनै पनि रूपमा संलग्न नरहेको स्पष्ट पारेका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई बदनाम गर्न राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र रचिएको आरोप लगाए।
उनले भने, “यो विषय (भिजिट भिसा) मा सामाजिक सञ्जालमार्फत मेरो संलग्नता देखाएर झूठा कुरा फैलाइएका छन्। यो सत्य होइन, मेरो कुनै संलग्नता छैन।”
गृहमन्त्री लेखकले आफूलाई नियोजित रूपमा निशाना बनाइएको भन्दै गुनासो गरे।
“मेरो विरुद्ध योजनाबद्ध र षड्यन्त्रपूर्वक आक्रमण भएको छ,” उनले भने, “यो आक्रमण राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ। यो षड्यन्त्रपूर्ण गतिविधि अझै पनि जारी छ भन्ने मैले अनुभव गरिरहेको छु।”




                            
                            
                            
                            
प्रतिक्रया दिनुहोस्