त्रिभुवन विमानस्थलमा १ किलोभन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेकी छिन्।

 

पक्राउ पर्नेमा ५३ वर्षीया भारतीय नागरिक मीना सुर्जित सिंह खेमानी रहेकी छन्। उनलाई मंगलबार राति विमानस्थलको आगमन भन्सार क्षेत्रअन्तर्गतको टनेल नजिकैबाट पक्राउ गरिएको हो।

 

प्रहरीका अनुसार खेमानी एयर अरेबियाको उडानबाट शारजाह हुँदै काठमाडौं आएकी थिइन्। शंका लागेपछि गरिएको जाँचमा प्लास्टिकले बेरिएका अर्धठोस स्वरूपका तीन वटा सुनका डल्ला फेला परेका थिए। ती डल्लाको कुल तौल १ किलो १५९ ग्राम रहेको प्रहरीले जनाएको छ।

 

यो समाचार अनलाइनखबरमा प्रकाशित भएको छ।

nepalijanatakhabar

समबन्धित समाचार