काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेतृ झाँक्रीसँग तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ।
पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार, झाँक्रीले दिएको सार्वजनिक अभिव्यक्तिबारे स्पष्टीकरण मागिएको हो। ‘‘उहाँले जुन कुरा भन्नुभयो, त्यसबारेमा स्पष्टीकरण सोधिएको हो,’’ पाण्डेले बताए।
शनिबार झाँक्रीले पार्टी नेतृत्व पुनर्गठनको माग राख्दै सार्वजनिक अभिव्यक्ति दिएकी थिइन्। पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएकाले पार्टी पुनर्गठन आवश्यक भएको उनको तर्क थियो।
त्यस क्रममा उनले ‘‘सिनो बोकेर अगाडि बढ्न सकिँदैन’’ भन्ने अभिव्यक्ति पनि दिएकी थिइन्। यही अभिव्यक्तिका कारण पार्टीको अनुशासन आयोगले उनलाई तीन दिनभित्र स्पष्टीकरण दिन आग्रह गरेको हो।
प्रतिक्रया दिनुहोस्