राष्ट्रिय महिला फुटबल टोली सोमबार स्वदेश फर्किए

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं : सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाहलगायतले स्वागत गरेका थिए।

 

अन्तिम खेलमा उज्बेकिस्तानसँग पराजित भएपछि नेपाल एसियन कपमा छनोट हुन असफल भएको हो।

 

फर्किएपछि टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले छनोट चरण पार गर्न नसके पनि धेरै कुरा सिक्ने अवसर पाएको बताइन्। बलियो टिमसँग खेल्दा थप अनुभव बटुल्न पाएको उनको भनाइ छ।

 

सावित्राले निर्णायक खेलमा २ गोलले पछि परे पनि बेञ्चबाट प्राप्त हौसलाका कारण गोल फर्काउन सफल भएको उल्लेख गरिन्।

nepalijanatakhabar

समबन्धित समाचार