रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ कामदारको उद्धार

वायु प्रधुशन
nepalijanatakhaba

रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

नेपाल–चीन सिमानाको लेन्डे खोला हुँदै भोटेकोसी नदीमा आएको बाढीका कारण गोसाइंकुण्ड गाउँपालिका–२ स्थित आयोजनामा उनीहरू फसेका थिए। अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर उनीहरूलाई सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ।

 

यस्तै, सेनाको धादिङस्थित नं. ६ बाहिनी अड्डाबाट गल्छी–त्रिशुली क्षेत्रमा र रसुवास्थित श्रीनाथ गणबाट स्याफ्रुवेशी इलाकातर्फ बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धारका लागि थप फौज पठाइएको पनि सेनाले जानकारी दिएको छ।

nepalijanatakhabar

समबन्धित समाचार