काठमाडौं । राप्रपाका नेता ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई यस वर्षको प्रतिष्ठित ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने भएको छ।
उक्त सम्मान आगामी जुलाई २७ मा अमेरिका, न्युयोर्कमा हुने ग्लोबल नेपालीद्वारा आयोजित विशेष समारोहमा प्रदान गरिनेछ।
ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा विभिन्न क्षेत्रमार्फत समाजमा सकारात्मक प्रभाव पार्ने व्यक्तिहरूलाई यो अवार्ड दिँदै आएको छ।
यस वर्षको कार्यक्रममा विश्वभर रहेका नेपाली डायस्पोरा प्रतिनिधिहरू, अमेरिकी उच्च अधिकारीहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ।
प्रतिक्रया दिनुहोस्