मलेसिया: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मलेसियाको आगामी कार्यकाल (२०२५–२०२७)का लागि हुन लागेको नवौं महाधिवेशन जुलाई २७ मा सम्पन्न हुने तय भएसँगै उमेश महतोले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पछिल्लो कार्यकालमा सदस्यको रूपमा योगदान दिएका महतोले यसपटक सचिव पदका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। उनी विगतदेखि नै मलेसियामा रहँदै श्रमिकको हकहितका लागि क्रियाशील रूपमा काम गर्दै आएका छन्।
हाल मलेसियामा व्यवसायमा संलग्न महतो सामाजिक कार्यमा पनि सक्रिय छन्। विशेषगरी श्रमिकसम्बन्धी समस्याहरूमा नजिकबाट अवलोकन गर्दै आएका उनले नेपाली जनता खबर डट कमसँग कुरा गर्दै नेतृत्वमा पुगेर अझ प्रभावकारी रूपमा काम गर्ने इच्छाशक्ति व्यक्त गरेका छन्।
प्रतिक्रया दिनुहोस्