मलेसिया, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मलेसियाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि नवौं अधिवेशन सम्पन्न गरेको छ।जुलाई २७ आइतबार सम्पन्न अधिवेशन राकेश प्रसाद महतोको सभापतित्वमा सम्पन्न भएको छ।
 
कार्यक्रममा हरि भट्टराई प्रमुख अतिथि तथा शंकर बहादुर पौडेल विशेष अतिथिका रूपमा सहभागी थिए। केही संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा जोहोर र मलाका क्षेत्रीय समितिलाई समेत सम्मान गरिएको थियो।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
संस्थामा देखिएको विवादबारे प्रमुख अतिथि भट्टराईले केही व्यक्तिहरूले विधानविपरीत काम गरेकाले समस्या उत्पन्न भएको बताएका छन्। उनले आफू भने विधानअनुसार नै काम गरेको र यही संस्था वैधानिक भएको दाबी गरे।

अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको छ। समितिमा राकेश प्रसाद महतो अध्यक्षमा निर्वाचित भएका छन् भने अन्य पदाधिकारी निम्नानुसार चयन भएका छन्:
उपाध्यक्षहरू:
प्रथम उपाध्यक्ष राजु तामाङ
उपाध्यक्ष नारायण अधिकारी
उपाध्यक्ष विनोद पाण्डे
उपाध्यक्ष अनिल कुमार चौधरी
महिला उपाध्यक्ष: लिला मगर
युवा उपाध्यक्ष: सन्तोष पौडेल
महासचिव: विष्णु प्रसाद बराल
सचिवहरू: उमेश कोइरी महतो, रमेश पौडेल
कोषाध्यक्ष: खेमराज खत्री
सह-कोषाध्यक्ष: सुरेश कुमार देवकोटा
युवा संयोजक: राजन हायु राई
महिला संयोजक: शोभा कुमारी खड्का
सदस्यहरू:
हरिबहादुर बस्नेत, कैलाश बिष्ट, रूपेश बी.के, बाबुराम थापा मगर, टिपेन्द्र बुडा मगर, इन्द्र प्रकाश भण्डारी, छेवाङ ला
मा, चित्रबहादुर थापा, दीपक प्रसाद यादव
राष्ट्रिय कलाकार राजन सिवाकोटी र स्थानीय कलाकारहरुको पनि साँस्कृति प्रस्तुति रहेको थियो ।




			
                            
                            
                            
प्रतिक्रया दिनुहोस्