क्वालालम्पुर: नेकपा एमाले अन्तर्गत प्रवासी नेपाली मञ्च राष्ट्रिय समिति मलेसियाको १०औं बैठक क्वालालम्पुरस्थित मझेरी रेस्टुरेन्टमा २७ जुलाई सम्पन्न भएको छ।
बैठकमार्फत मञ्चले दुई उपाध्यक्षसहित १२ जना नयाँ सदस्य मनोनीत गरेको छ। मनोनीत हुनेहरूमा उपाध्यक्षमा डिल्लि न्यौपाने, महिला उपाध्यक्षमा राधिका क्षेत्री चयन भएका छन्। अन्य मनोनीत सदस्यहरूमा गोरख खवास, ईश्वर जोशी, सबिता तामाङ, रन बहादुर बुढा, प्रकाश खतिवडा, धनलाल पुन, मोहन घिमिरे, रुद्र बिक, लेख बहादुर खत्री र विष्णु चौधरी छन्।
बैठकमा मलेसियामा रहेका विभिन्न राज्य कमिटीहरूको पुनर्गठन र रिक्त पदहरूमा पदपूर्ति गर्ने निर्णयसमेत गरिएको छ। साथै पार्टीको संगठित सदस्यता लिएर मञ्चप्रति प्रतिबद्धता जनाएकाहरूलाई सक्रिय बनाउने निर्णय पनि गरिएको छ।
यसैबीच, प्रवासी नेपाली मञ्च पूर्वी एसिया महादेश कमिटीको भौतिक बैठक मलेसियामै गर्ने र सो बैठकको व्यवस्थापन मलेसिया कमिटीले गर्ने निर्णय बैठकमा गरिएको सचिव कृष्ण खड्काले जानकारी दिए।
साथै, मञ्चले मलेसियामा क्रियाशील विभिन्न संघसंस्थासँग सहकार्य गर्दै चाँडै ‘सेल्टर हाउस’ स्थापना गर्ने, र आगामी अधिवेशनपछि मलेसियाको घरफिर्ती केन्द्रमा रहेका श्रमिकहरूलाई निरन्तर टिकट व्यवस्थापन गरिने पनि निर्णय भएको छ।
बैठकका क्रममा मञ्चका अध्यक्ष दयाराम कुमालले मञ्चले श्रमिकहरूको हितमा कार्य गर्दै आएको र उनीहरूले उठाएका गुनासाहरू समाधान गर्न कुनै कसर बाँकी नराखी पूर्ण जिम्मेवारीका साथ लाग्न सबै सदस्यहरूलाई निर्देशन दिएका थिए।
प्रतिक्रया दिनुहोस्