काठमाण्डौ: कुवेतलाई कर्मथलो बनाई समाजसेवामा सक्रिय समाजसेवी दिपक योन्जनको अगुवाइमा मिर्गौला पीडित १४ वर्षीया डोल्मु तामाङको उपचारका लागि रु २२ लाख सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ। डोल्मु सिन्धुपाल्चोक नगरपालिका–६, बारबिशे, सोताङकी बासिन्दा हुन् र हाल दुवै मिर्गौला फेल भएको अवस्थामा छिन्।
२६ दिन लामो अभियानमा दिपकले विदेशबाट रु ११ लाख र नेपालभित्रबाट रु ११ लाख संकलन गरी कुल रु २२ लाख जुटाएका हुन्।
उक्त सहयोग रकम वैदेशिक रोजगार उद्धार श्रमिक संघ, नेपालका अध्यक्ष बिशाल मोक्तानको हातबाट बालिका डोल्मु तामाङलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
तलको तस्वीरमा बालिका डोल्मु तामाङले सहयोग रकम ग्रहण गरिरहेको दृश्य देख्न सकिन्छ।

समाजसेवी दिपक योन्जनले यस अभियानमा साथ दिने सम्पूर्ण दाताहरू, सहयोगी मनहरू र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै, यस्ता मानवीय कार्यमा भविष्यमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छन्।



 
				
					
 
			
 
                             
                             
                             
                            
प्रतिक्रया दिनुहोस्