१० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीहरूलाई मलेसियास्थित नेपाली दूतावासद्वारा स्वागत

वायु प्रधुशन
nepalijanatakhaba

क्वालालम्पुर: सन् २०२५ अगस्ट १ मा मलेसियाको सारावाक राज्य अन्तर्गत कुचिङ सहरमा सम्पन्न १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G4) मा सहभागी भएका नेपाली खेलाडीहरूलाई मलेसियास्थित नेपाली दूतावास, क्वालालम्पुरले विशेष स्वागत तथा सम्मान गरेको छ।

नेपाली फुटबल एसोसिएसन र हिमालयन एकेडेमी मलेसियाका अध्यक्ष सन्तोष भट्टको समन्वयमा दूतावास पुगेका खेलाडी टोलीलाई नेपाली राजदूत नेत्र प्रसाद तिमल्सिनाले आत्मीय स्वागत गर्दै उनीहरूको योगदान र प्रदर्शनको खुलेर प्रशंसा गरे।

 

भेटघाटका क्रममा राजदूत तिमल्सिनाले खेलाडीहरूद्वारा देखाइएको मेहनत, समर्पण र आत्मविश्वास अत्यन्त प्रेरणादायक भएको बताउँदै आगामी दिनहरूमा अझ सशक्त प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई थप गौरवान्वित पार्ने अपेक्षा व्यक्त गरे।

 

प्रतियोगितामा सहभागी नेपाली खेलाडी पलेशा गोवर्धनले महिलातर्फ ५७ केजी तौल समूहको K-44 वर्गमा प्रतिस्पर्धा गर्दै कास्य पदक जितेर नेपालको नाम चम्काएकी छन्।

 

उनका साथै प्रतियोगितामा सहभागी अन्य खेलाडीहरूमा भरत सिंह महता, अमिर भ्लोन, रेनु तामाङ, कामना प्रसाईं, प्रशिक्षक कबिराज नेगी लामा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ, र हिमालयन एकेडेमीका प्रतिनिधि सन्तोष भट्टसमेत सहभागी थिए।

 

nepalijanatakhabar

समबन्धित समाचार