गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति, जोहोरले हरितालिका तीज विशेष कार्यक्रम आयोजना

वायु प्रधुशन
nepalijanatakhaba

जोहोर, मलेसिया – प्रवासमा रहेका नेपाली महिलाबीच आपसी भेटघाट, सञ्जाल विस्तार र नेपाली सांस्कृतिक परम्पराको संरक्षणका लागि गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति, जोहोरले हरितालिका तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

 

नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा, जोहोर बाहारुमा कार्यरत तथा विभिन्न पेशामा संलग्न दिदीबहिनीहरूलाई लक्षित गर्दै दर खाने कार्यक्रम र सांस्कृतिक प्रस्तुति सहितको तीज उत्सव आयोजना गरिने आयोजक समितिले जनाएको छ।

 

यो कार्यक्रम २०२५ अगस्ट २४ गते शनिबार बिहान १०:०० बजे देखि दिउँसो ४:०० बजेसम्म Nusajaya Impiana, Iskandar Puteri, Johor मा हुनेछ।

 

कार्यक्रममा तीज गीत, नृत्य, दर खाने कार्यक्रम र विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश हुने छन्। दक्षिण मलेसियामा रहेका प्रवासी नेपाली समुदायमा तीजको उल्लासपूर्ण माहोल सृजना गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले स्पष्ट पारेका छन्।

 

गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोरका अध्यक्ष बेदना श्रेष्ठ र सचिव छबिलाल गिरिले सम्पूर्ण नेपाली दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई नेपाली संस्कृति र परम्परालाई प्रवासमै उत्सवमय बनाउन हार्दिक निमन्त्रणा गरेका छन्।

nepalijanatakhabar

समबन्धित समाचार