दोहा,कतार- विश्वकर्मा समाज कतारको छैटौं अधिबेशन भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशन बाट नयाँ कार्यकालको लागि अध्यक्षमा गोर्खाका दिपक विश्वकर्मा चयन भएका छन ।
शुक्रबार समाजका अध्यक्ष सेवक विश्वकर्माको सभापतित्व, संस्थापक निवर्तमान सल्लाहकार एवं गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नन्दलाल बि.क (अजय) को प्रमुख आतिथ्यता र नेपाल बाट कतार घुम्न आउनु भएका दलित मुक्ति समाज नेपालका केन्द्रिय पुर्व उपाध्यक्ष गणेश बिश्वकर्माको बिशिस्ट आतिथ्यता सम्पन्न अधिवेशनबाट अध्यक्षमा दिपक बिश्वकर्मा सङ्गै बरिस्ठ उपाध्यक्षमा पिताम्बर बिश्वकर्मा, उपाध्यक्षमा डोरेन्द्र बिस्वकर्मा र कमला बिश्वकर्मा, महासचिवमा दिपक कुमार बिश्वकर्मा, सचिवद्वय हिरालाल बिश्वकर्मा, अम्बर बराइली बिश्वकर्मा, कोषाध्यक्षमा टेक रसाइली, सह-कोषाध्यक्षमा टोप बाहदुर बिश्वकर्मा चयन भएका छन भने सदस्यहरुमा गणेश बहादुर सुनार, जग बहादुर बिश्वकर्मा, डेगा बहादुर बिश्वकर्मा, कमला बिश्वकर्मा, शम्भु बिश्वकर्मा सर्वसम्मत चयन भएका छन ।
दिउँसो करिब १ बजे दिप प्रज्वलन, व्यानर अनावरण सङ्गै राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु गरिएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै समाजका बरिस्ठ उपाध्यक्ष पिताम्बर विश्वकर्माले स्वागत मन्तव्य राखे पछि कलाकारद्वय गंगा विसी र जमुना विसीले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
समाजका कोषाध्यक्ष टेक रसाइलीले आर्थिक प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले मन्तव्य राखेका थिए भने संस्थामा आबद्ध झन्डै एक दर्जन भन्दा धेरै कलाकारहरुले साँस्कृतिक प्रस्तुति प्रस्तुत गरि कार्यक्रमलाई सङ्गीतमय बनाइदिनुको साथै उपस्थित सम्पुर्णलाई आकर्षित बनाएका थिए । त्यस्तै प्रमुख अतिथि बि.क, एनसीसी कतारका प्रथम उपाध्यक्ष रविन मगर,पंकज विश्वकर्मा लाई दोसल्ला ओढाएर र कार्यक्रममा प्रस्तुति दिने कलाकार, सहयोगी व्यक्तिहरु लाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
खुल्ला र बन्दसत्र गरि दुई चरणमा सम्पन्न भएको कार्यक्रमको खुल्ला सत्र समाजका महासचिव अमृत घिमिरेले सहजीकरण गरेका थिए भने समाजको साङ्गठानिक प्रतिवेदन पनि उनैले प्रस्तुत गरेका थिए ।कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि नन्दलाल बि.क (अजय) ले विश्वकर्मा समाज कतार स्थापना भएदेखि कै स्मरण गर्दै विभिन्न कालखण्ड पार गर्दै समाजलाई यो अवस्था सम्म ल्याउन निरन्तर लाग्ने संस्थापकहरु सङ्गै समाजप्रति चासो राख्ने व्यक्तिहरुलाई धन्यवाद दिएका थिए भने समाज परिवर्तन र छुवाछूतको अन्त्य गर्नको लागि दलित समुदायले अझै धेरै संघर्ष गर्नु पर्ने बताए ।
कार्यक्रमको अन्तमा सभापति घतानेले अधिवेशन सफल बनाउनको निमित्त अहोरात्र खट्ने कार्यसमिति टिम र उपस्थित भएर सहयोग गरिदिने सम्पुर्ण प्रती आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए भने खुल्ला सत्र सकिए लगतै सुरु भएको बन्दसत्र बाट बनेको नयाँ कार्यसमितिलाई निर्वाचन समिति संयोजक नन्दलाल बि.क (अजय) ले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्