स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा कृष्णनगर नगरपालिका जिल्लामा चौथो

वायु प्रधुशन
nepalijanatakhaba

कपिलवस्तु कृष्णनगर: स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा कपिलवस्तु जिल्लाको उत्कृष्ट कृष्णनगर नगरपालिका चौँथो उत्कृष्ट बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ताजा नतिजा अनुसार कृष्णनगर नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा ७५.७५ प्रतिशत अंक ल्याउँदै जिल्लामा चौथौ भएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ म ८५.५ प्रतिशत अंक ल्याउँदै हासिल गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी ९ क्षेत्रको मूल्याङ्कन गर्दै आएको छ ।

ती सूचकहरूको मूल्याङ्कनमा कृष्णनगर नगरपालिकाले आफ्नो दीर्घकालीन योजना र मध्यकालीन खर्च संरचना अनुरूप समयमै वार्षिक बजेट तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने कामलाई प्रभावकारी बनाएपछि जिल्लाको चौथो बनेको हो ।

स्थानिय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) अन्तर्गत विजयनगरले ८७.२५ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामा गाउँपालिका श्रेणीमा पहिलो र समग्रतर्फ दोस्रो स्थान हासिल गरेको हो । यस्तै स्थानिय तह संस्थागत स्वमुल्याङ्कनमा कपिवस्तु जिल्लामा बाणगंगा उत्कृष्ट भएको छ । (लिजा) मा बाणगंगा नगरपालिका जिल्लामै पहिलो उत्कृष्ट भएको हो ।

nepalijanatakhabar

समबन्धित समाचार