काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (सीईओ) हितेन्द्रदेव शाक्य पदमुक्त भएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई हटाएर इन्जिनियर मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णयअनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा पठाइएको छ भने प्राधिकरणको रिक्त पदमा पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरिएको हो।



			
                            
                            
                            
प्रतिक्रया दिनुहोस्