काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन अब मन्त्रालयमै बसेर काम गर्ने भएका छन्। मन्त्रालयमै बस्ने उनको इच्छाअनुसार आवश्यक सामग्री र बन्दोबस्तीको व्यवस्था गरिएको छ।
सोमबार शपथ ग्रहण र पदभार ग्रहणको क्रममा उनले आफूलाई अतिरिक्त सुविधा आवश्यक नरहेको प्रष्ट पार्दै मन्त्रालयमै बस्ने इच्छा व्यक्त गरेका थिए। त्यही क्रममा उनले सचिवलाई मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।




प्रतिक्रया दिनुहोस्