सुनकोशी नदीमा एक बालकको शव भेटियो

वायु प्रधुशन
nepalijanatakhaba

काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको सुनकोशी नदीमा एक बालकको शव फेला परेको छ ।

 

सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकका प्रमुख एसपी अच्युत मजगैयाका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका–९, भैंसेस्थित सुनकोशीको भुमरीमा करिब १० देखि १२ वर्ष उमेरको बालकको शव भेटिएको हो ।

 

सशस्त्र प्रहरीले गोताखोर टोलीमार्फत शव नदीबाट बाहिर निकालेको जनाएको छ । बालक नग्न अवस्थामा फेला परेको र उनको पहिचान अझै खुलेको छैन ।

 

उनी कुन स्थानबाट बगेर आएको हो भन्नेबारे पनि स्पष्ट जानकारी नआएको प्रहरीले जनाएको छ । हाल शवलाई थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ ।

nepalijanatakhabar

समबन्धित समाचार