एमाले नेता खगराजको आरोप : जेन–जी आन्दोलनमा चारै सुरक्षा निकायका मान्छेहरू बिके

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं: नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खगराज अधिकारीले जेन–जी आन्दोलनका क्रममा चारै सुरक्षा निकायका सदस्यहरू पैसामा बिकेको आरोप लगाएका छन् । बुधबार पोखरामा आयोजित एमाले महानगर कमिटीको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने, “जेन–जी आन्दोलनका क्रममा चारै सुरक्षा निकायका मान्छेहरू बिके, त्यसैले त्यो घटना भयो ।”

 

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ठूलो जनधनको क्षति भएको थियो । पूर्व मुख्यमन्त्रीसमेत रहेका अधिकारीले घटनाको जिम्मेवारी पनि बिकेका सुरक्षा निकायका कारण भएको बताए ।

 

फरक प्रसंगमा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गरेर देखाउन सरकारलाई चुनौती दिए । उनले चेतावनी दिँदै भने, “यदि केपी ओलीलाई पक्राउ गर्‍यो भने, कास्कीबाट एमालेले इतिहासकै सबैभन्दा ठूलो जुलुस निकाल्नेछ ।”

nepalijanatakhabar

समबन्धित समाचार