धादिङ सेवा समाज कतारको २५औँ वार्षिक सभा सङ्गै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न…

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- धादिङ सेवा समाज कतारको २५औँ वार्षिक सभा, विजयादशमी, शुभ दीपावली तथा छठ पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

समाजका अध्यक्ष आयुष घलेको सभापतित्व, बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष ललित कुमार तामाङको प्रमुख आतिथ्यता र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका द्वितीय उपाध्यक्ष तथा श्रमिक संयोजक सन्तोष पौडेल, नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको साथै प्रदेश तथा जिल्ला संघ, संस्था, पत्रकार, फोटोग्राफर, कलाकार सहित सामाजिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता एवं व्यवसायीहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा मध्यान्ह औपचारिक रुपमा सुरु भएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै समाजकी सह-कोषाध्यक्ष अनिता तामाङले स्वागत मन्तव्य राखेकी थिइन भने मंगली तामाङ र शान्ति तामाङले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

समाजका महासचिव रामहरि श्रेष्ठले सहजीकरण गरेका कार्यक्रमको उद्देश्यको बारेमा सचिव अम्बर बहादुर गुरुङले प्रष्ट पारेका थिए । साथै संस्थाको वार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष राज श्रेष्ठ र प्रगति प्रतिवेदन महासचिव श्रेष्ठले प्रस्तुत गरेका थिए भने कार्यक्रममा उपस्थित थुप्रै वक्ताहरूले शुभकामना मन्तव्य राख्ने अवसर पाएका थिए ।

विशेषत सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम भएकोले धेरै कलाकारको साङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत गरि माहोल सुरुदेखि नै सङ्गीतमय बनेको थियो जस अन्तर्गत धादिङकी प्रतिभावान चेली शिवानी घलेले आफ्नो अन्तर्राष्ट्रिय तेक्वान्दो समेत दर्शकहरु माझ प्रदर्शन गर्ने अवसर पाइन भने सङ्गीत बिसी, सरला तामाङ, एलिसा राई, सुजन गुरुङ, सुमित्रा भट्टराई, सपना मगर, लक्ष्मी कार्की, सिर्जना कुँवर, रामहरि चौलागाईं, सृष्टि लामा, सविता बान्तवा राई, प्रिया तामाङ, सानुमाया गुरुङ र सकुर जास्मी लगायतका कलाकारहरूको उत्कृष्ट गायन तथा नृत्य प्रस्तुतिले कार्यक्रम झनै रंगीन र आकर्षक बनेको थियो।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा सल्लाहकार सुवास तामाङ, विशेष सल्लाहकार धिरेन तामाङ, संरक्षक कविन्द्र कँडेल र अन्य वक्ताहरूले समाजले गरेको सामाजिक क्रियाकलाप र एकताको भावना प्रशंसनीय भएको बताए । त्यस्तै प्रमुख अतिथि तामाङले शिक्षा, एकता र सामाजिक उत्तरदायित्वलाई प्रमुख मानेर समाजले २५ वर्षको यात्रामा सेवामुखी, प्रेरणादायी र अनुकरणीय भूमिका खेलेको उल्लेख गर्दै बागमती प्रदेशले निरन्तर साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

कार्यक्रमको अन्तमा सभापति घलेले कार्यक्रम सफल पार्न आर्थिक, नैतिक, भौतिक र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीदाता, अतिथि, प्रायोजक, सञ्चारकर्मी, कलाकार, स्वयंसेवक र उपस्थित सबैप्रति हार्दिक आभार व्यक्त गरे भने धादिङ सेवा समाज कतार “समाज सेवा नै मानवीय प्रमुख धर्म” भन्ने मूल नारा सहित सन् २००१ मा स्थापना भएको विशुद्ध सामाजिक संस्था हो ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

nepalijanatakhabar

समबन्धित समाचार