अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गर्यो।

वायु प्रधुशन
nepalijanatakhaba

विराटनगर — धनकुटा र भोजपुरका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको तथा प्राकृतिक रूपमा आफैं उम्रिएको गाँजाको बोट प्रहरीले फडानी गरी नष्ट गर्दै आएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सञ्चालन गरेको “सुरक्षा सुनिश्चितता अभियान” अन्तर्गत अवैध गाँजा खेती नियन्त्रणका लागि लगातार अभियान चलाइरहेको छ।

 

यसै अभियानअन्तर्गत कार्तिक १८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–२ का विभिन्न क्षेत्रमा फैलिएको करिब ५ रोपनी जग्गामा प्राकृतिक रूपमा उम्रिएका ९ हजार ५ सय गाँजाका बोट फडानी गरी जलेर नष्ट गरेको जनाएको छ।

त्यस्तै, भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र मातहतका प्रहरी टोलीले हतुवागढी गाउँपालिकाका विभिन्न ठाउँमा करिब ९ रोपनी क्षेत्रफलमा लगाइएको र आफैं उम्रिएको १ हजार १ सयभन्दा बढी गाँजाका बोट फडानी गरी जलेर नष्ट गरेको जनाएको छ।

nepalijanatakhabar

समबन्धित समाचार