आज कार्तिक २८ गते शुक्रबारको हेर्नुस् राशिफल सेयर गरी पाथिभारा माताको दर्शन गर्नुहोस् 

वायु प्रधुशन
nepalijanatakhaba

आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल कार्तिक २८ गतेको बार, तिथि, नक्षत्र र योगको विवरण समावेश छ।

आजको दिनमा विभिन्न बार बेला र राहुकालको समय तालिका दिइएको छ, जुन शुभ र अशुभ कार्यका लागि महत्त्वपूर्ण छ।

 

मेषदेखि मीन राशिसम्मका व्यक्तिका लागि राशिफल प्रस्तुत गरिएको छ, जसमा विभिन्न ग्रहको प्रभाव र सम्भावित घटनाहरू उल्लेख छन्।

आजको पञ्चाङ्ग

 

 

वि.सं.२०८२ साल कार्तिक २८ गते । शुक्रबार । इस्वी सन् २०२५ नोभेम्बर १४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । मार्ग कृष्णपक्ष । तिथि–दशमी, ५३ घडी ३७ पला, रातको ३ बजेर ५१ मिनेट उप्रान्त एकादशी । नक्षत्र–पूर्वाफाल्गुनी, ४७ घडी ५ पला, रातको १ बजेर १५ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग–ऐन्द्र, १२ घडी ५१ पला, बिहान ११ बजेर ३३ मिनेट उप्रान्त वैधृती । करण–वणिज, दिउसो ३ बजेर ४५ मिनेट उप्रान्त भद्रा, रातको ३ बजेर ५१ मिनेट उप्रान्त बव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–सिंह ।

 

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १० मिनेट । दिनमान २६ घडी ५४ पला ।

 

 

आजको बार बेला ।

 

 

बिहान ६ बजेर २५ मिनेटसम्म चर बेला ।

बिहान ६ बजेर २६ मिनेटदेखि बिहान ७ बजेर ४५ मिनेटसम्म लाभ बेला ।

बिहान ७ बजेर ४६ मिनेटदेखि बिहान ९ बजेर ६ मिनेटसम्म अमृत बेला ।

बिहान ९ बजेर ७ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म काल बेला ।

बिहान १० बजेर २८ मिनेटदेखि बिहान ११ बजेर ४८ मिनेटसम्म शुभ बेला ।

बिहान ११ बजेर ४९ मिनेटदेखि दिउसो १ बजेर ८ मिनेटसम्म रोग बेला ।

दिउसो १ बजेर ९ मिनेटदेखि दिउसो २ बजेर २९ मिनेटसम्म उद्वेग बेला ।

दिउसो २ बजेर ३० मिनेटदेखि बेलुकी ३ बजेर ५० मिनेटसम्म चर बेला ।

दिउसो ३ बजेर ५१ मिनेटदेखि बेलुकी ६ बजेर ५० मिनेटसम्म रोग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।

राहुकाल

 

बिहान १० बजेर २६ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म राहुकाल रहनेछ ।

 

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

 

ब्रहा मुहूर्त

 

बिहान ४ बजेर ४८ मिनेटदेखि बिहान ५ बजेर ३६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

 

आजको राशिफल

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा रुचि बढ्नेछ भने अध्ययन तथा नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबिच सम्बन्धमा सुधार आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) छोटो तथा रमाइलो यात्राको तय हुनेछ । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ । माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुटुम्ब तथा वाणी भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । अध्ययन वा कामको सवालमा देश विदेशको यात्रा हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले समयको सूक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो दुरीको विदेश यात्राको तय हुनेछ । विदेशमा बसेर पेसा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरूका लागी दिन फलदायी रहनेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । छोटो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । नियम कानुनको बेबस्ता गरे दण्ड वा जरिवाना तिर्नु पर्ने हुन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्राकृतिक स्रोत साधन तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार तथा उद्योगमा गरिले लगानीबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट अङ्क ल्याउँदै अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । भौतिक सम्पत्ति वा सवारी साधन प्राप्तिको योग रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना समस्याहरू समाधान गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुँच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ । नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । पुराना कामहरू सम्पन्न हुने तथा राम्रो कमाई हुने हुँदा थप लगानी बढाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रबल सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पुराना लगानी गरिएका रकमहरू उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । माया प्रेममा एक अर्कालाई केही समय शङ्का तथा अविश्वास गरे पनि अन्ततः विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर प्राविधिक शिक्षा अध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । विवाह तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यायिक निर्णय आफ्नो पक्षमा पार्न सकिनेछ भने शत्रु परास्त हुनेछन् । अध्ययन वा नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी दिगो फाइदा हुने काम शुभारम्भ गर्न सकिनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।

nepalijanatakhabar

समबन्धित समाचार