बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। राजधानी ढाकास्थित न्यायाधिकरणले गत वर्षका आन्दोलन तथा विद्रोहका क्रममा मानवता विरोधी कर्तुतमा संलग्न भएको ठहर गर्दै हसिनामाथि कठोर सजाय तोकेको हो।
अभियोजन पक्षले गत जुनमा हसिनासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको थियो। सोही मुद्दामा तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाललाई पनि मृत्युदण्ड सुनाइएको छ। त्यस्तै, तत्कालीन प्रहरी प्रमुख अल ममून सरकारी साक्षी बनेपछि उनलाई पाँच वर्षको जेल सजाय तोकिएको छ।
जुलाई–अगस्ट २०२४ मा भएको विद्रोहका क्रममा गरिएको दमनलाई मानवता विरुद्धको अपराधको रूपमा हेरिएको थियो। भारतमा निर्वासनमा बसेकी हसिनाको अनुपस्थितिमै मुद्दाको सबै प्रक्रिया अगाडि बढाइएको हो। उनी त्यसै आन्दोलनपछि सत्ताच्युत भएकी थिइन् र त्यसपछि भारततिर शरण लिएकी थिइन्।
अदालतले हसिना र पूर्व गृहमन्त्री खान कमालविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको छ। फैसलाको घोषणा बंगलादेश टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो।
#Bangladesh #SheikhHasina




प्रतिक्रया दिनुहोस्