किराँत याक्थुङ चुम्लुङ कतारले बृहत साँस्कृतिक कार्यक्रम गरि चासोका तङ्नाम-५०८५ मनाउने….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- किराँत याक्थुङ चुम्लुङ कतारले बृहत साँस्कृतिक कार्यक्रमको साथ चासोका तङ्नाम – ५०८५ मनाउने भएको छ ।

चुम्लुङ कतारले आगामी ५ डिसेम्बर-२०२५ शुक्रबार नेपालबाट आमन्त्रित चर्चित गायक कुशल थलङ लिम्बू, एनआरएनए आइडल-२०२४ का विजेता गायक रुस्तम तामाङ र मेरो डान्स युनिभर्स सिजन दुईमा प्रतिस्पर्धीको रूपमा सहभागी भई आफ्नो उत्कृष्ट कला देखाएर लाखौं दर्शकहरुको मन जित्न सफल नृत्य कलाकार सुनिता तामाङको साथै कतारमै रहेर कलाकारितालाई निरन्तरता दिइरहेका थुप्रै साङ्गीतिक प्रस्तुति रहने गरि दोहामा रहेको होटेल क्राउन प्लाजामा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरि चासोका तङ्नाम मनाउन लागेको हो ।

लिम्बू समुदायले महान् चाडको रूपमा मनाउँदै आएको चासोक तङ्नाम विशेष साँस्कृतिक कार्यक्रममा उपस्थितिको लागि कतार स्थापित संघ-संस्था, जातिय संस्था, बैचारिक संस्था, विशिष्ट सामाजिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकारहरु लाई पत्राचार गर्ने काम र कार्यक्रमको बिशेष तयारी तिब्र रुपमा भइ रहेको जानकारी गराएको छ ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ भने लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदाय अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाई सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ भने चुम्लुङ कतारले हरेक वर्ष झैं यो वर्ष पनि धुमधाम सङ्ग चासोका तङ्नाम – ५०८५ मनाउन लागेको चुम्लुङ कतारका महासचिव बिरेन मादेन लिम्बूले नेपाली जनता खबरलाई जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल दिइएको कमेन्ट बक्समा अवस्य लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

nepalijanatakhabar

समबन्धित समाचार