अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षणमा एमाले प्रतिबद्ध : अध्यक्ष ओली

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताले समाजमा लामो समयदेखि रहेको नकारात्मक धारणा परिवर्तन गर्न मद्दत पुगेको बताएका छन्।

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र नागरिक अधिकार सुनिश्चित गर्न अपाङ्गता भएका व्यक्तिहरूलाई संगठित गर्ने काममा एमाले निरन्तर सक्रिय रहेको उल्लेख गरेका छन्।

सन्देशमा अध्यक्ष ओली भन्छन्, “अपाङ्गता भएका व्यक्तिले स्वतन्त्र, स्वावलम्बी र सम्मानजनक जीवन जिउन सकून् भनेर व्यक्तिगत सहयोगी सेवा, सहायक सामग्री र प्रविधि, पहुँच सहजता, सामाजिक सुरक्षा, पारा खेलकुदको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा एमाले गम्भीर छ।”

nepalijanatakhabar

समबन्धित समाचार