काठमाडौं । उज्यालो नेपाल पार्टीले आज आफ्नो औपचारिक घोषणा सभा सुरु गर्न लागेको छ।
काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा केहीबेरमै कार्यक्रम सुरु हुने तयारी भएको छ।
ऊर्जामन्त्री कुलमान घिसिङको खुलेआम समर्थनमा अघि बढिएको उज्यालो नेपाल पार्टीको घोषणा सभामा स्वयं मन्त्री घिसिङले सम्बोधन गर्ने जानकारी दिइएको छ।
पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा पार्टी दर्ता भइसकेको छ।
घोषणा स्थलमा हरियो टोपी र हरियो झन्डा बोकेर आएका समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। ‘बलिरहेको चिम’ चुनाव चिन्ह भएको यस पार्टीले प्रवेशद्वारमै ठूलो चिमको प्रतीक राखेर सजावट गरेको छ।
घोषणा सभामा सहभागी हुन मन्त्री घिसिङ केही बेरअघि मात्र स्थलमा पुगेका छन्।




प्रतिक्रया दिनुहोस्