काठमाडौं : गिरिराज केसीको नेतृत्वमा रहेको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा विलय भएको छ। काठमाडौंमा आज आयोजित विशेष कार्यक्रममा उक्त समूह औपचारिक रूपमा पार्टीमा समाहित भएको हो।
काठमाडौंमा सम्पन्न स्वागत कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल तथा नेता नारायणकाजी श्रेष्ठले खादामाला लगाएर नवप्रवेशीहरूलाई स्वागत गरेका थिए।
पार्टीमा समाहित हुने नेताहरूमा गिरिराज केसी (एमालेबाट प्रदेश सभा उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (घोराही नगरपालिकाका पूर्व मेयर), आर.डी. यादव, पिताम्बर आचार्यलगायत रहेका छन्।
स्वतन्त्र वाम समूहमार्फत दाङसहित विभिन्न जिल्लामा सक्रिय अन्य नेताहरूलाई काठमाडौंमा तथा बाँकी कार्यकर्ताहरूलाई सम्बन्धित जिल्लामै आयोजना गरिने कार्यक्रममार्फत पार्टीमा स्वागत गरिने जनाइएको छ।




प्रतिक्रया दिनुहोस्