भोजपुर एकता समाज कतारको प्रथम अधिबेशन सम्पन्न बद्री तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन…..

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- भोजपुर एकता समाज कतारको प्रथम अधिबेशन शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ । अधिबेशन  कार्यक्रमको बन्दसत्रबाट बद्री तामाङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएका छन ।

दोहाको मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेष्टुरेन्टको सभाहलमा समाजको तदर्थ समितिका संयोजक बद्री तामाङको सभापतित्व र विभिन्न संघ संस्थामा नेतृत्वदायी भुमिकामा रहेर काम गरिसक्नु भएका समाजसेवी तथा सामाजिक व्यक्तित्व पंकज नेवाहाङ्ग राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अधिवेशनबाट अध्यक्षमा बद्री तामाङ सहित प्रथम उपाध्यक्षमा जीवन राई, द्वितीय उपाध्यक्षमा छत्रमणी खड्का, महिला उपाध्यक्षमा गुना मगर (निशु), महासचिवमा गुणराज कटुवाल, सचिवमा प्रताप चाहार मुस्कान, महिला सचिवमा इन्दिरा कटुवाल, कोषाध्यक्षमा सुवास तामाङ, सह-कोषाध्यक्ष सुरेश तिम्सिना निर्विरोध चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा क्रमशः बाबुराम बस्नेत, देवी भण्डारी, प्रकाश राउत, विवेक कटुवाल, सुमन राई, सृजल बान्तावा राई, तुलसी खड्का, बबिता परियार, प्रकाश परियार, सुदेश राई, हरि गजमेर र किरण कटुवाल सर्वसम्मत निर्वाचित भएका छन ।

दिउँसो करिब २ बजे पुर्बेली पन्चेबाजा घन्काएर व्यानर अनावरण गरि राष्ट्रिय गान बजाए पश्चात् विभिन्न कालखण्डमा ज्यान गुमाएका सम्पुर्ण सहिदहरुको सम्झनामा मौनधारण सके लगतै प्रथम अधिवेशन लेखिएको ठूलो केक काटेर औपचारिक रुपमा अघि बढेको कार्यक्रम निरन्तर साँझ ६ बजेसम्म चलेको थियो भने अधिवेशन नै भए पनि दोहामा हुने अन्य कार्यक्रमहरु भन्दा फरक र समाबेसी तरिकाले संचालन गरिएको कार्यक्रममा तदर्थ समिती सदस्य जीवन राईले स्वागत मन्तव्य र कलाकार खड्ग बस्नेतले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै उत्कृष्ट स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

बन्द र खुल्ला सत्र गरि दुई चरण सम्पन्न भएको कार्यक्रमको खुल्ला सत्रमा थुप्रै वक्ताहरु सङ्गै कलाकार, पत्रकारहरुले पनि प्रतिनिधि मुलक शुभकामना मन्तव्य राखेका थिए । जस्मा कोसी प्रदेश अन्तर्गतका केही जिल्ला संस्था, समाजसेवी, बुद्धिजीवी, व्यवसायीहरु पनि रहेका थिए भने कार्यक्रममा बोल्ने अधिकांशले समाजमा असहमतिहरु हुने र केहि असहमतिहरु भयो भन्दैमा समाज फुटाउने तिर नभएर समाधानको उपाय खोज्नु पर्नेमा नेतृत्वले त्यता ध्यान दिन नसक्नुको प्रमुख कारण विकल्पमा भोजपुर एकता समाज जस्तो नयाँ संस्थाहरु जन्मिनु हो भन्ने धारणा व्यक्त गरे ।

बोल्ने क्रममै तेह्रथुम सेवा समाज कतारका अध्यक्ष महेन्द्र उप्रेती, खोटाङ सेवा समाज कतारका अध्यक्ष डिल्लीशेर खड्का, समाजसेवी परशुराम श्रेष्ठ, सन्तोष खड्का, क्षेत्री समाजका उपाध्यक्ष शिवलाल के.सी लगायतले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पंकज नेवाहाङ्ग राईले निस्वार्थ सामाजिक सेवाको भावनाले स्थापना भएका सामाजिक संस्थामा पछिल्लो समय राजनीतिक हाबी हुनुले समाज नकारात्मक दिशा तिर अघि बढिरहेको बताए । राईले थप बोल्दै सहि र गलत छुट्याउन नसक्नु र बिना सबुत प्रमाण एकले अर्कालाई आरोप प्रत्यारोप लगाउनु र समाधानको बाटो नखोज्नु नेपाली समाजको अर्को एउटा ठुलो कमजोरी रहेको पनि बताए । उनले समाज सबैलाई चहिने तर पछिल्लो समय समाजमा नेतृत्व गर्नेहरुले हैकम जमाउन खोज्दाको विकल्पमा बाध्य भएर यसरी नयाँ संस्थाहरु स्थापना हुने गरेको बताए ।

तदर्थ समितिका उप-संयोजक गुणराज कटुवालले साङ्गीतिक प्रस्तुति र शुभकामना मन्तव्यको तालमेल मिलाएर सहजीकरण गरेका कार्यक्रममा तदर्थ समिति गठन भएदेखि अधिवेशनको दिन सम्मको आर्थिक सहितको प्रतिवेदन सदस्य सुभाष तामाङले पेस गरे भने गुना मगर ‘निशु’, सुमित्रा भट्टराई, एलिषा राई, सजिना दाहाल बस्नेत, लक्ष्मी कार्की लगायतका कलाकारहरुको साङ्गीतिक प्रस्तुतिले माहोल अत्यन्तै उत्साहजनक बनाइदिएका थिए । जस्मा पुर्बेली मारुनी नृत्य र प्रताप मुस्कानको कमेडी अत्यन्तै उत्कृष्ट थियो भने शंखुवासभा सेवा समाज कतारको नौमती पन्चेबाजाले सबैको मन जितेको थियो ।

समाजले कार्यक्रममा प्रस्तुति दिने सबै कलाकार, पत्रकारहरु लाई पारिश्रमिक सहित दोसल्ला ओढाएर सम्मान पत्र र मायाको चिनो दिएर सम्मान गरेको थियो भने प्रमुख अतिथीलाई पनि दोसल्ला ओढाएर मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्तमा सभापति तामाङले कार्यक्रम सव्य भव्य रुपमा सफल भएकोमा आफूलाई अत्यन्तै खुशी लागेको बताए । उनले उपस्थित अतिथीहरु र कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने सम्पुर्ण टिमलाई धन्यवाद र हलमा उपस्थित सबै प्रती आभार प्रकट गरे भने भोजपुर एकता समाज समाजमा देखिनको लागि मात्र नभएर देखिने गरि काम गर्नको निमित्त स्थापना भएकोले निस्वार्थ भावनाको साथ सेवामुखी काम गरेर देखाउने प्रतिबद्धता जाहेर गर्दै खुल्ला सत्र कार्यक्रम समापन गरेका थिए । खुल्ला सत्र सकिए लगतै सुरु भएको बन्दसत्र कार्यक्रमको निर्बाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको थियो ।

नव निर्वाचित कार्यसमितिको टिमलाई निर्वाचन समितिका संयोजक पंकज नेवाहाङ्ग राईले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए भने खुल्ला सत्र कार्यक्रम भित्र अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान विशेष कार्यक्रम पनि समावेश थियो ।

nepalijanatakhabar

समबन्धित समाचार