दोहा,कतार- दलित एकता संजाल नेपाल, राष्ट्रिय समन्वय समिती कतारले आफ्नो बार्षिक साधरणसभा कार्यक्रम सम्पन्न गरेको छ ।
संजालले शुक्रबार दोहाको मुम्तजा पार्क नजिकै रहेको गोर्खाली रेष्टुरेन्टको सभाहलमा संजालका अध्यक्ष प्रकाश बिश्वकर्माको सभापतित्व तथा संजालकै प्रमुख संरक्षक कृष्ण परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो भने आन्तरिक रुपमा आयोजना गरिएको कार्यक्रममा संजालका संस्थापक, संरक्षक, सल्लाहकार, कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको साथै कलाकार, पत्रकार र खेलाडीहरु लगायत रोजगारीको शिलशिलामा कतार लाई कर्मथलो बनाएर बसेका दलित समुदाय भित्रका विशिष्ट व्यक्तित्वहरु सहितको बाक्लो उपस्थिति रहेको थियो ।

मध्याह्नको समयमा दिप प्रज्वलन, ब्यानर अनावरण गरि राष्ट्रिय गान बजाए पश्चात् केक काटेर उद्घान गरिएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै संजालका बरिष्ठ उपाध्यक्ष बिमल परियारले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका संरक्षक, सल्लाहकारहरुले शुभकामना मन्तव्य राखेका थिए । सोहि क्रममा केहिले संस्थाले गरेका राम्रा कामको खुलेर प्रशंसा गर्दै गर्दा केहिले भने सकारात्मक सुझावहरु समेत दिएका छन । त्यसै अधिवेशन कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि परियारले अहिलेको आधुनिक युगमा पनि नेपालमा दलितहरु माथी गरिने विभेद र समग्र दलित समुदायको हक अधिकार प्राप्तिको निमित्त अब एकीकृत भएर बुलन्द आवाज उठाउनु पर्ने धारणा व्यक्त गरे ।

सभामा संजालले एक बर्ष भरिमा गरेका कामहरु सहितको साङ्गठनिक प्रतिबेदन महासचिव अमृत बिश्वकर्माले प्रस्तुत गर्नुको साथै लगभग २२ हजार रियलको आम्दानीमा १८ हजार रियल खर्च गरेर करिब ४ हजार रियल बचत सहितको आर्थिक प्रतिवेदन कोषाध्यक्ष छबिलाल परियार र सह-कोषाध्यक्ष सिता बि.क ले मिलेर प्रस्तुत गरेका थिए । कार्यक्रममा देव बिश्वकर्मा, रेश्मी सेन्चुरी, गंगा वि.सी, जमुना वि.सी, मनोज बराइली, तारा वि.सी, सुरेश विसी, बाबुराम रम्तेल लगायतका कलाकारहरुले आफ्नो साङ्गीतिक प्रस्तुति मार्फत कार्यक्रम लाई संगितमय बनाइदिएका थिए ।
संजाले लामो समय देखि संस्थालाई निरन्तर रुपमा आफ्नो कलाकारिताको मध्यमबाट संजालले आयोजना गरेको हरेक कार्यक्रममा सहयोग गर्ने कलाकारहरु देव बिश्वकर्मा, रेश्मी सेन्चुरी, बाबु कौशल र मेरो भ्वाईस युनिभर्समा कतारको प्रतिनिधित्व गर्दै सहभागी भइ आफ्नो गायन कलालाई विश्व सामु पुर्याउन सफल उदाउँदो नव गायक संगित वि.सी लाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

कार्यक्रमको अन्तमा सभापति विश्वकर्माले दलित समुदाय भित्रै जिवित रहेको बिभेदलाई चिरेर दलित समुदायका सम्पुर्ण दलितहरु एक हुन नसक्नु नै सबैभन्दा ठुलो कमजोरी रहेको बताए । उनले कार्यक्रम सफल पार्न लागि पर्ने कार्यसमिति टिम सहित प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए भने साँस्कृतिक संयोजक र कलाकारको प्रस्तुति सङ्गै सम्मानको विषय माथि भने समाज भित्रकै केही कलाकारहरुले आयोजक समिती प्रती असन्तुष्टि व्यक्त गर्दै गुनासो गरेका थिए ।





प्रतिक्रया दिनुहोस्