पर्सा–२ मा अजय चौरसियाको वाचा धेरै र परिणाम शुन्य भन्दै युवाहरुमा असन्तुष्टि बढदै

वायु प्रधुशन
nepalijanatakhaba

रंजित चौरसिया: पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार अजय कुमार चौरसिया प्रतिको असन्तुष्टि बढदै गएको देखिन्छ । बिगतका चुनावमा नेता चौरसियाले धैरै वाचाहरु गरे पनि परिणाम शुन्य रहेको भन्दै सो क्षेत्रका युवाहरुमा असन्तुष्टि बढेके देखिन्छ ।

उम्मेदवार चौरसिया प्रति मतदाताको घट्दो रुचि केवल असन्तोष मात्र होइन, यो परम्परागत राजनीतिक शैली प्रतिको गहिरो अस्वीकृतिको संकेतका रूपमा देखिन थालेको छ । निर्वाचन नजिकिँदै जाँदा चौरसियाको चुनावी अभियान जनअपेक्षा र यथार्थ बीचको दूरीका कारण दबाबमा परेको स्पष्ट देखिन्छ ।

चौरसियामाथि लागेको आरोपहरू राजनीतिक भाषणमा सीमित छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टी बहुदरमाई नगरसभापति चन्दन यादवले उठाएको अफताब आलम प्रकरण सँग जोडिएको आरोपले चौरसियाको छविमा गम्भीर धक्का पु¥याएको देखिन्छ । यसका साथै सार्वजनिक संकटका बेला, विशेषगरी खानेपानी अभाव हुँदा समेत जनता भन्दा व्यक्तिगत घेरालाई प्राथमिकता दिएको आरोपले स्थानीय स्तरमा बढदै गएको पर्सागढी नगरपालिका वडा नं. २ का एक युवाले बताए ।

स्थानीय तहमा उठिरहेका गुनासा कुनै नयाँ विषय होइनन् । पानी, स्वास्थ्य, शिक्षा, रोजगारी र आधारभूत सेवा पर्सा–२ का पुराना र जटिल समस्या हुन् । तर यी समस्यामा दीर्घकालीन समाधान दिन नसक्नुले चौरसियाको नेतृत्व क्षमता माथि प्रश्न उठेको छ । अघिल्लो निर्वाचनमा विजयी भए पनि जनताको दैनिक जीवनमा देखिने ठोस परिवर्तन ल्याउन नसकेको ती युवाको भनाई रहेको छ ।

चुनावको समयमा गरिएका वाचा र व्यवहारबीचको ठूलो अन्तरले मतदाता उनी प्रति रुष्ट देखिएका छन् । “चुनावको बेला मात्रै देखिने नेता” भन्ने अभिव्यक्ति अहिले पर्सा–२ मा आम धारणा बन्दै गएको छ, जुन कुनै पनि उम्मेदवारका लागि राम्रो संकेत होईन ।

जेन्जी आन्दोलन पछि आम नेपालीहरुमा नयाँ पुस्ता प्रति आकर्षण बढदो देखिन्छ । चौरसिया बिगत लामो समय देखि राजनीति गर्दै आएकोमा अब उनले नयाँलाई अगाडि बढाउनु पर्नेमा सत्ता र कुर्सीका लागि पुनः चुनावमा होमिएकोले आममतदाता असन्तुष्ट देखिएका छन् ।

पुराना अनुहार, उही भाषण र अस्पष्ट कार्ययोजना अब स्वीकार्य नहुने सन्देश युवाहरूले खुलेर दिइरहेका छन् । यसले चौरसियाको परम्परागत मत आधारलाई समेत कमजोर बनाइरहेको विश्लेषण गरिन्छ ।

nepalijanatakhabar

समबन्धित समाचार