चन्द्रपुर नगरपालिका–९, चेतनगरस्थित एक पोखरीमा एक पुरुषको शव फेला

वायु प्रधुशन
nepalijanatakhaba

रौतहटको चन्द्रपुर नगरपालिका–९, चेतनगरस्थित एक पोखरीमा एक पुरुषको शव फेला परेको छ। पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

स्थानीय राधेश्याम साहका अनुसार आज बिहान पोखरीतर्फ जाँदा पानीमा शव तैरिरहेको देखिएको हो। त्यसपछि वरपरका बासिन्दा जम्मा भई प्रहरी चौकी चेतनगरमा जानकारी गराइएको उनले बताए।

सूचना पाएलगत्तै प्रहरी चौकी चेतनगरबाट खटिएको टोली घटनास्थलमा पुगेर प्रारम्भिक मुचुल्का तयार गर्नुका साथै अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

nepalijanatakhabar

समबन्धित समाचार