काठमाडौं महानगरपालिकाकी नगर प्रमुख डंगोलले ज्येष्ठ नागरिक लाई सेवा अझ प्रभावकारी रूपमा विस्तार

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं महानगरपालिकाकी नगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक लक्षित सेवाहरूलाई अझ प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिएकी छन्।

शुक्रबार सम्पन्न ४७औँ नगर कार्यपालिका बैठकमा बोल्दै उनले वृद्धभत्ता वितरणसँगै ज्येष्ठ नागरिकलाई घर–घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै अघि बढाउन सकिने बताइन्।

उनले भनिन्, “वृद्धभत्ताको सन्दर्भमा अहिले ७० वर्ष वा सोभन्दा माथिका आमाबुबालाई घर–घरमै आधारभूत स्वास्थ्य सेवा दिने काम सुरु गरिसकेका छौँ। अब यसलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा विस्तार गर्न आवश्यक छ।”

उनका अनुसार महानगरका विभिन्न वडाहरूले घरमै पुगेर सेवा दिने अभ्यास सुरु गरिसकेका छन्। “जो वडासम्म आउन सक्नुहुन्न, उहाँहरूका लागि घर–घरमै सेवा दिने व्यवस्था गरिएको छ। हालसम्म १७ वटा वडाले यो सेवा सञ्चालन गरिसकेका छन्,” उनले उल्लेख गरिन्।

डंगोलले बाँकी वडाहरूलाई पनि आफ्ना टिम र सरोकारवालासँग समन्वय गरेर यस्तो सेवा विस्तार गर्न आग्रह गरिन्। ज्येष्ठ नागरिकलाई सहज, सम्मानजनक र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यले महानगरले कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ थियो।

nepalijanatakhabar

समबन्धित समाचार