सुदूरपश्चिमेली नेपाली समाज मलेसिया, क्षेत्रीय समिति पेनाङको आयोजनामा दुईदिने खुला भलिबल प्रतियोगिता सम्पन्न

वायु प्रधुशन
nepalijanatakhaba

दिनेश खड्का ‘खप्तडी’

मलेसिया,सुदूरपश्चिमेली नेपाली समाज मलेसिया, क्षेत्रीय समिति पेनाङको आयोजनामा दुईदिने खुला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो।

 

प्रतियोगितामा सहभागी सम्पूर्ण टिमप्रति आयोजक समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, कार्यक्रम सफल बनाउन आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगीहरूप्रति आयोजकले गहिरो आभार प्रकट गरेको जनाएको छ।

प्रतियोगितालाई निष्पक्ष, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न योगदान पुर्‍याउने रेफ्री समूह तथा खेल उपसमितिका सदस्यहरूलाई पनि विशेष धन्यवाद दिइएको छ।

कार्यक्रममा केन्द्रीय समितिको प्रतिनिधित्व गर्दै उपाध्यक्ष केशव खड्का प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यसैगरी, विशिष्ट अतिथिहरूमा जनउद्धार केन्द्र मलेसिया पेनाङका अध्यक्ष हिमाल कार्की, रोल्पाली सेवा समाजका अध्यक्ष दिपेन्द्र बुढामगर, सुप समाज जोहोरबारु समितिका सदस्य प्रदीप भट्ट तथा एसवाईसी युवा क्लबका अध्यक्ष गोविन्द मगर, नमस्ते भलिवल टिम जोहोरबारु सल्लाहकार टेकम पाण्डेलगायत अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार अतिथिहरूको सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको आयोजक समितिले बताए।

उक्त प्रतियोगितामा प्रदेश नं. १ प्रथम स्थान र आयोजक सुप समाज द्वितीय तथा पीवाईसी युवा क्लब तृतीय स्थानमा रहन सफल भएका छन्। विजेता तथा उपविजेता, सान्त्वना टिमहरु साथै उकृष्ट खेलाडी हरु लाई प्रमुख अतिथिको हातबाट पुरस्कार तथा मेडल प्रदान गरिएका थिए।

 

कार्यक्रमको समापनसँगै आयोजक समितिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हौसला, माया, सद्भाव तथा प्राप्त सुझावलाई आत्मसात गरी आगामी दिनमा अझ उत्कृष्ट कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गरे।

nepalijanatakhabar

समबन्धित समाचार