विदेशस्थित १५ जना अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं, : सरकारले विदेशमा रहेका १५ जना अवैतनिक वाणिज्य दूत तथा काउन्सिलरलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

 

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई हटाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल ले सञ्चारकर्मीमार्फत उक्त जानकारी दिनुभएको हो।

 

बैठकले आगामी वैशाख २८ गते सोमबार दिउँसो ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

 

त्यसैगरी, मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ तथा १९४७ को नम्बर ८१ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ। सरकारले यी निर्णयले अन्तर्राष्ट्रिय श्रम मापदण्ड तथा श्रम निरीक्षण प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

nepalijanatakhabar

समबन्धित समाचार