मलेसियाको शाह आलमस्थित दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका (टाइसिट) सार्वजनिक

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया । मलेसियाको शाह आलमस्थित चर्चित पानासोनिक स्टेडियममा आगामी मे ३१ र जुन १ (जेठ १७ र १८ गते) आयोजना हुन लागेको ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका (टाइसिट) सार्वजनिक गरिएको छ। आयोजक आरटी एफसी मलेसियाले विशेष कार्यक्रममार्फत खेल तालिका सार्वजनिक गरेको हो।

‘द ग्रान्ड केलाना दमनसारा सुइट’मा सम्पन्न टाइसिट ड्र कार्यक्रम आरटी एफसीका अध्यक्ष राजु तामाङको सभाध्यक्षतामा भएको थियो। कार्यक्रममा नेपाली फुटबल एसोसिएसन (एनएफए) मलेसियाका कार्यवाहक अध्यक्ष विष्णु चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै, एनएफएका पदाधिकारीहरू, व्यवसायी मन्दिप भट्टराई तथा सहभागी क्लबका अध्यक्ष र प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

मलेसियामा रहेका नेपाली क्लब र खेलाडीमाझ प्रतिष्ठित मानिने यस दुई दिने नकआउट प्रतियोगितामा कुल १८ टोलीले सहभागिता जनाउनेछन्। सहभागी टोलीलाई ग्रुप ‘ए’ र ग्रुप ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ।

पुरस्कार राशि र व्यक्तिगत विधागत सम्मान:

प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफीसहित २२ हजार मलेसियन रिंगेट प्राप्त गर्नेछ भने उपविजेताले ११ हजार मलेसियन रिंगेट हात पार्नेछ।

यसका साथै उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही ३०० मलेसियन रिंगेट पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

यस्तो छ खेल तालिका र समूह विभाजन:

ग्रुप ‘ए’ (Group A)

आरटी एफसी विरुद्ध मकालु एफसी जोहोर — मे ३१ बिहान ९:०० बजे

काठमाडौँ एफसी विरुद्ध बीजेवाई एफसी निलाई — मे ३१ दिउँसो १२:०० बजे

बीआरएस एफसी विरुद्ध बालेन सिटी एफसी — मे ३१ बेलुका ६:०० बजे

न्यू ब्वाइज एफसी जोहोर विरुद्ध मुआर एफसी — मे ३१ दिउँसो ३:०० बजे

(नोट: मनकामना एफसीले पहिलो चरणमा ‘बाइ’ पाएको छ र अघिल्लो चरणको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।)

ग्रुप ‘बी’ (Group B)

एनएफसी केएल विरुद्ध सर्लाही एफसी — मे ३१ बिहान १०:३० बजे

माईक्रोन एफसी विरुद्ध ब्रदर एफसी केएल — मे ३१ दिउँसो १:३० बजे

चर्च एफसी केएल विरुद्ध न्यू ब्वाइज एफसी केएल — मे ३१ बेलुका ७:३० बजे

हिमालयन एफसी विरुद्ध युनाइटेड एफसी — मे ३१ दिउँसो ४:३० बजे

एन पेनाङ एफसी विरुद्ध युनाइटेड एफसी — मे ३१ राति १०:३० बजे

सेमिफाइनल र फाइनल:

प्रतियोगिताको पहिलो सेमिफाइनल जुन १ दिउँसो ३:०० बजे र दोस्रो सेमिफाइनल बेलुका ५:०० बजे हुनेछ। ग्रुप ‘ए’ र ‘बी’ बाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूबीच उपाधिका लागि फाइनल खेल सोही दिन राति ८:०० बजे पानासोनिक स्टेडियममा खेलाइनेछ।

प्रत्यक्ष प्रसारण र प्रायोजक:

नेपाली फुटबलको लोकप्रिय अनलाइन पोर्टल GoalNepal.com ले प्रतियोगिताका सबै खेल विश्वभर प्रत्यक्ष प्रसारण गर्नेछ। प्रतियोगितालाई आईएमई रिया मनी ट्रान्सफर, एक्रोस ट्राभल एन्ड टुर तथा हाम्रो खाजा घरलगायत प्रतिष्ठित नेपाली ब्रान्डहरूले प्रायोजन र सहयोग गरेका छन्।

मलेसियामा रहेका नेपाली फुटबल समर्थकहरूका लागि यो प्रतियोगिता निकै रोमाञ्चक, प्रतिस्पर्धात्मक र भव्य हुने अपेक्षा गरिएको छ।

nepalijanatakhabar

समबन्धित समाचार