दलित एकता संजाल कतारले गर्यो मृगौलाका विमारी कामीलाई आर्थिक सहयोग….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- दलित एकता संजाल कतारले कास्कीका एक मृगौलाका विरामीलाई आर्थिक सहयोग गरेको छ ।

संजालले गत जेष्ठ १७ गते आइतबार कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नंम्बर – ८ बस्ने वर्ष ५० का केशर बाहादुर कामीलाई नेपाली रुपैयाँ १० हजार सहयोग गरेको संजाल कतारका अध्यक्ष प्रकाश विश्वकर्माले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

विश्वकर्माको अनुसार विमारी कामीले मृगौलामा समस्या आए पश्चात् डाक्टरको सल्लाह बमोजिम निरन्तर रुपमा डायलिसिस गराउनु पर्ने भएको र आफ्नो पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले उपचारमा सहयोगको अपेक्षा राख्दै अनुरोध गरे पछि संजाल कतारले संस्थामा आवद्व रहेका व्यक्तिहरु बाट आर्थिक रकम संकलन उक्त रकम सहयोग गरेको बताएका छन भने संकलित रकम संजाल कतारका अध्यक्ष बिश्वकर्माकी धर्मपत्नी बिन्दा बिश्वकर्माले बिमारीले उपचार गराईरहेको अस्पतालमै पुगेर हस्तान्तरण गर्नु भएको हो ।

संजालले अघिल्लो महिना पनि दाङ जिल्ला घोराही उपमहानगरपालिका १९ बस्ने बुवा आमा दुबै गुमाएकी र सानी बहिनीलाई आफैले पालनपोषण गर्दै आएकी सम्झना बिक केहि सहजता होस भन्ने उदेश्य संजाल कतारले नेपाली रुँपया १३ हजार ५ सय र मंगल बहादुर घर्तिले १ हजार ५० थप गरि १४हजार ५ सय ५० संजाल कतारका प्रतिनिधिहरु द्वारा संम्झना बिक र उनकी सानी बहिनिलाई प्रत्यक्ष भेटेरै ठाउँमा घर भएका बलदेव विश्वकर्माको रोबरमा आर्थिक सहयोग गरेको थियो ।

अध्यक्ष विश्वकर्माले यस्तो परोपकारी कामको लागि खुलेर आर्थिक सहयोग गर्ने सम्पुर्ण दलित एकता संजाल कतारमा आबद्ध व्यक्ति तथा कार्यसमिति पदाधिकारी र सदस्यहरु प्रति हार्दिक धन्यवाद तथा आभर प्रकट गरेका छन ।

nepalijanatakhabar

समबन्धित समाचार