क्वालालम्पुर, मलेसिया ।
विदेशी भूमिमा रहेर पनि नेपाली उत्पादन, नेपाली पहिचान र नेपाली समुदायको हितका लागि निरन्तर सक्रिय युवा व्यवसायी किरण थापा पछिल्लो समय मलेसियास्थित नेपाली समुदायमाझ प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित बन्दै गएका छन्।
व्यवसायिक क्षेत्रमार्फत नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने अभियानमा लागेका थापाले मलेसियामा नेपाली खाद्य सामग्री, मसला, हस्तकला तथा अन्य स्वदेशी उत्पादनको बिक्री–वितरण र प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। उनको पहलमा नेपाली उत्पादनहरू मलेसियाका प्रतिष्ठित अनलाइन सपिङ प्लेटफर्महरूमा समेत उपलब्ध हुन थालेका छन्, जसले नेपाली सामानलाई नेपाली समुदायको दायराभन्दा बाहिर पुर्याएर विभिन्न देशका उपभोक्तासम्म चिनाउने अवसर सिर्जना गरेको छ।
उनको यो प्रयास नेपाली उत्पादनको सामान्य व्यापारमा मात्र सीमित छैन। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउने, नेपाली ब्रान्डप्रति विश्वास बढाउने तथा नेपालमा उत्पादित वस्तुहरूको माग वृद्धि गराउने दिशामा समेत महत्वपूर्ण योगदान पुर्याएको छ। यसबाट नेपालका साना तथा घरेलु उद्योग, किसान, उद्यमी र उत्पादकहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन्।
विदेशमा नेपाली उत्पादनको पहुँच विस्तार गरेर थापाले केवल नेपाली सामानको प्रवर्द्धन मात्र गरेका छैनन्, नेपालमा उत्पादित वस्तुहरूको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न, निर्यात प्रवर्द्धन गर्न तथा नेपालको अर्थतन्त्रमा समेत एउटा महत्वपूर्ण इँटा थप्ने काम गरेका छन्। नेपाली उत्पादनको बजार विस्तारसँगै विदेशी मुद्रा आर्जन र स्वदेशी उद्योगको सशक्तीकरणमा समेत उनको योगदान उल्लेखनीय मानिएको छ।
व्यवसायसँगै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहेका थापाले मलेसियामा विभिन्न सामाजिक, सांस्कृतिक तथा मानवीय कार्यहरूमा सहयोग गर्दै आएका छन्। समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्ने, सामुदायिक कार्यक्रमहरूमा साथ दिने तथा नेपाली समुदायलाई एकताबद्ध बनाउने अभियानमा उनको निरन्तर सहभागिता रहँदै आएको छ।
विदेशी भूमिमा बसेर पनि मातृभूमिप्रतिको माया, नेपाली उत्पादनप्रतिको विश्वास र समाजसेवाप्रतिको समर्पणका कारण किरण थापा आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेका छन्। व्यवसायिक सफलता र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अगाडि बढाइरहेका उनको योगदानले नेपाली उत्पादनको विश्वव्यापी पहिचान निर्माण तथा नेपालको आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पारिरहेको छ।




प्रतिक्रया दिनुहोस्