आजको पञ्चाङ्ग अनुसार वि.सं.२०८३ साल असार १० गते बुधबार, इस्वी सन् २०२६ जुन २४ तारिख हो ।
शुभ कार्य तथा यात्राका लागि लाभबेला र अमृत बेलाको समय उपयुक्त हुनेछ ।
विभिन्न राशिका लागि आजको राशिफल अनुसार व्यापार, प्रेम, स्वास्थ्य र यात्राको योग फरक फरक रहेको छ ।
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल असार १० गते । बुधबार । इस्वी सन् २०२६ जुन २४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । जेठ शुक्लपक्ष । तिथि–दशमी, बेलुकी ८ बजेर २७ मिनेट उप्रान्त एकादशी । नक्षत्र– चित्रा, बेलुकी ४ बजेर ५३ मिनेट उप्रान्त स्वाती । योग– परिध, दिउँसो ४९ बजेर २४ मिनेट उप्रान्त शिव । करण–तैतिल, बिहान ८ बजेर ५ मिनेट उप्रान्त गर, बेलुकी ८ बजेर २७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–काल योग । चन्द्रराशि–तुला ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ११ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर ० मिनेट । दिनमान ३४ घडी ३५ पला ।
आजको बार बेला ।
बिहान ५ बजेर ११ मिनेटसम्म लाभ बेला ।
बिहान ५ बजेर १२ मिनेटदेखि बिहान ६ बजेर ५५ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ५६ मिनेटदेखि बिहान ८ बजेर ३९ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर ३९ मिनेटदेखि बिहान १० बजेर २२ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर २३ मिनेटदेखि बिहान १२ बजेर ६ मिनेटसम्म रोग बेला ।
दिउँसो १२ बजेर ७ मिनेटदेखि दिउँसो १ बजेर ५० मिनेटसम्म उद्वेग बेला ।
दिउँसो १ बजेर ५१ मिनेटदेखि दिउँसो ३ बजेर ३४ मिनेटसम्म चर बेला ।
दिउँसो ३ बजेर ३४ मिनेटदेखि बेलुकी ५ बजेर १७ मिनेटसम्म लाभ बेला ।
बेलुकी ५ बजेर १८ मिनेटदेखि बेलुकी ८ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
दिउँसो १२ बजेर ६ मिनेटदेखि दिउँसो १ बजेर ४९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ३५ मिनेटदेखि बिहान ४ बजेर २३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा नाफा कमाउन प्रशस्त समय खर्चनु पर्नेछ । व्यापारको सिलसिलामा गरिने यात्रा निरर्थक हुनेछ । सवारी साधन तथा बिलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आत्मबल तथा सम्मयता गुमाउँदा आफैलाई घाटा लाग्न सक्छ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहँदै टाढिनु पर्ने बाध्यता आउन सक्छ । तर पनि यात्रा, मनोरञ्जनमा समय व्यातित हुनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईँको कुरा काट्ने तथा विरोध गर्नेहरू तपाईँकै प्रशंसा गर्न थाल्नेछन् । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाइ लेखाइमा राम्रो नतिजाका साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सामाजिक काममा दिन बित्ने तथा सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आमा वा आमासँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । पढाइ लेखाइमा समय दिन सकिने छैन । सवारी साधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो कामगरि प्रसिद्धि कमाउन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । पराक्रमी क्रियाकलापमा सहभागी भई भरपुर मनोरञ्जन गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरीको योग रहेको छ । वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । खाद्यान्न, बिलासी सामान तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाइलो वातावरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने लगानीको नयाँ वातावरण बन्नेछ । आम्दानीमा बढोत्तरीको योग रहेको छ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बैक तथा वित्तीय क्षेत्रको शेयरबाट आम्दानी गर्न सकिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । तयारी बिना नै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका आजको दिन टाढै रहनु उपयुक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । तर पनि विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा बढी समय खर्चिनु पर्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उच्च तथा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइनाले पद प्राप्तिको योग रहेको छ । अध्ययनमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा यात्राको अवसर जुर्नेछ । परिवारका साथ रमाइलो यात्रामा निस्कन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धार्मिक तथा आध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईँको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । साथीभाइ तथा आफन्तले सहयोग गर्ने हुनाले एक कदम अगाडी बढी प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामको प्रशंसा हुनेछ । नयाँ कामको प्रस्ताव आउने तथा नोकरीमा बढुवा वा स्थानान्तरणको योग रहेको छ । पढाइकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन् । प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । पढाइ लेखाइमा प्रशस्त समय दिए मात्र सफलता हात पार्न सकिनेछ । तर पनि खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।




प्रतिक्रया दिनुहोस्