वि.सं. २०८३ साल असार १९ गते, शुक्रबारको राशिफल र पञ्चाङ्ग अनुसार विभिन्न राशिको योग र दिनको साइत उल्लेख गरिएको छ।
आजको दिनमा तिथि, नक्षत्र, योग, करण, चन्द्रराशिसहित काठमाडौँको सूर्योदय र सूर्यास्तको समय पनि दिइएको छ।
विभिन्न राशिका लागि आजको दिनको राशिफल, शुभ साइत, राहुकाल र ब्रह्म मुहूर्तको जानकारी दिइएको छ।
वि.सं. २०८३ साल असार १९ गते, शुक्रबार। ईश्वी सन् २०२६ जुलाई ३ तारिख। नेपाल संवत् ११४६। रौद्र संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। श्रीशाके १९४८। आषाढ कृष्णपक्ष।
आजको राशिफल
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) : राजनीतिज्ञका लागि समय मध्यम रहेको छ। व्यापार तथा वित्तीय बजारमा प्रशस्त समय दिए पनि आम्दानी न्यून हुनेछ। बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने तथा घरायसी कुरामा राय बाजिनेछ। पढाइलेखाइमा समय दिए पनि नतिजा भनेजस्तो आउने छैन। मायाप्रेममा अविश्वास बढ्ने योग रहेको छ। अप्ठ्यारा परिस्थितिसँग जुध्नु परे पनि लक्ष्य पहिल्याउन सकिनेछ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) : अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न सकिनेछ। खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहनेछ भने पढाइमा मन जानेछ। लामो दूरीको धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहेको छ। बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ। मायाप्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरू साटासाट हुनेछन्। सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको पालना गर्दै नयाँ काम गर्न सकिनेछ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) : व्यवसायमा लगानी गरे पनि समयमा प्रतिफल प्राप्त नहुँदा आर्थिक संकटको सामना गर्नुपर्ला। आम्दानीको तुलनामा खर्च धेरै हुनाले दैनिकी प्रभावित हुनेछ। नचाहँदानचाहँदै तपाईंको बोलीले अरूको मन दुख्नेछ। सवारीसाधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घटनाहरू घट्न सक्छन्। पढाइलेखाइमा समय दिए पनि भनेजस्तो नतिजा आउने छैन। यद्यपि वित्तीय बजारमा लगानी गरी थोरै भए पनि नाफा कमाउन सकिनेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) : जीवनसाथीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ। सेयर बजार तथा व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दूरीको यात्रा हुनेछ। अध्ययन–अध्यापनमा मन जानेछ तथा खोजीमूलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ। मायाप्रेमको डोरो कसिलो भएर जानेछ। सवारीसाधन तथा विलासी सामान हातलागी हुने योग रहेको छ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) : कार्यक्षेत्रमा आलोचना गर्नेहरू सक्रिय हुनेछन्। ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्दा मन कमजोर भएको अनुभूति हुनेछ। विद्या तथा प्रतिस्पर्धामा अरू नै हाबी हुनेछन्। मायाप्रेममा नजिक हुन केही समय लाग्नेछ। न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन्। मावली पक्षबाट सहयोग प्राप्त हुनेछ। खेलकुद, यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) : बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ। वित्तीय क्षेत्र तथा सेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ। भौतिक सम्पत्ति तथा विलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ। अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ। मायाप्रेममा सामीप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ। सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ। यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) : घरपरिवार तथा आफन्तका बीच देखिने तिक्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ। विलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला। बढी नै रमाइलो गर्न खोज्दा शुभचिन्तकहरू रिसाउनेछन्। हतारमा गरिने निर्णय घातक हुन सक्छ। पढाइलेखाइमा मन जानेछैन। खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ। यद्यपि मायाप्रेममा नजिक हुन सकिनेछ। खेल तथा मनोरञ्जनमा केही समय खर्च हुनेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) : छोटो यात्रा भए पनि उपलब्धि कमै हुनेछ। बन्दव्यापारमा समय खर्चिए पनि भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक रूपमा पछि परिनेछ। प्रतिस्पर्धामा बढी नै तयारी गरेर सामेल हुनुहोला, अरूभन्दा कमजोर साबित हुने योग रहेको छ। मायाप्रेममा अरूकै कुरा सुन्ने बानीले समस्या निम्त्याउन सक्छ। अग्रजबाट हुने फैसला तपाईंको पक्षमा नहुन सक्छ। दाजुभाइसँग घरायसी कुरामा विवाद हुने ग्रहयोग रहेको छ, ध्यान दिनुहोला।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : तपाईंले सुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ। पारिवारिक माहोलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ। पढाइलेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नै पोल्टामा पार्न सकिनेछ। मायाप्रेममा शंका–उपशंकाहरू हट्दै जानेछन्। निर्माण सामग्री तथा खानेकुराको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) : नयाँ प्रविधिको प्रयोगमार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ। आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ। बिछोड भएका सम्बन्धहरू पुनः सुचारु हुनेछन्। आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ। प्रेमको डोरो कसिलो भएर जानेछ भने पति–पत्नीबीच विश्वास बढ्नेछ। होटल, रेस्टुरेन्ट तथा बोलेर गर्ने पेसा व्यवसाय फस्टाएर जानेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) : स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ। स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ। अल्छी गर्ने बानीले कामहरू बिग्रन सक्छन्। अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ। न्यून पारिश्रमिकमा दिनभर समय व्यतीत गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन। मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) : सीमित स्रोतसाधनको प्रयोगमार्फत असीमित आवश्यकता परिपूर्ति गर्न सकिनेछ। इच्छा, आकांक्षा तथा मनोकामना पूरा हुनेछन्। व्यापार तथा सेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ। दाजुभाइको सहयोगमा भौतिक सम्पत्ति तथा सवारीसाधन जोड्न सकिनेछ। मायाप्रेममा सामीप्यता बढेर जानेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ। खेल तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ।




प्रतिक्रया दिनुहोस्