नेपालको चर्चित ब्याण्ड ‘केहार एण्ड द लुङ्गा’ साङीतिक प्रस्तुतिको लागि पहिलो पटक कतार आउँदै…. ​

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- कतारमा बसोबास गर्दै आएका नेपाली संगीतप्रेमीहरूका लागि फेरि अर्को एउटा विशेष र रोमाञ्चक सांगीतिक अवसर जुट्ने भएको छ।

नेपालमा युवा पुस्ता माझ निकै लोकप्रिय बन्न सफल भएको ब्याण्ड ‘केहार एण्ड द लुङ्गा’ आफ्नो साङ्गीतिक प्रस्तुतिको लागि पहिलो पटक कतार आउने भएको छ। इफ्लिक्स इन्टरटेनमेन्टको ब्यानरमा आयोजना हुन लागेको यस भव्य लाइभ सांगीतिक कार्यक्रम आगामी शुक्रबार, अर्थात ७ अगस्टको दिन दोहास्थित भि आई पी होटलको एम फ्लोरमा रहेको प्लानेट लाउन्ज क्लबमा हुन लागेको हो ।

कार्यक्रमको समय नजिकिदै गर्दा दोहाको नेपाली समाजमा ब्याण्डको चर्चा परिचर्चा सङ्गै व्यापक रुपमा प्रचारप्रसार भइरहेको छ भने कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी गराएका छन । अर्यालले बताए  अनुसार कार्यक्रमको लागि साँझ ६ बजेदेखि हलको ढोका खुल्ने र राति ८ बजेदेखि १२ बजेसम्म निरन्तर ४ घण्टा ब्याण्डको बेजोड लाइभ साङ्गीतिक प्रस्तुतिहरु रहने तालिका रहेको छ ।

ब्याण्डका मुख्य गायक केहार सिंह लिम्बुको सशक्त गायकी र  उत्कृष्ट संगीत संयोजनका लागि चिनिने यो टोलीले कतारको मञ्चमा आफ्ना चर्चित तथा दर्शकले अत्यधिक रुचाएका कहाँ छौ, सोल्टिनी, सरर सरर, लाएको माया, बैगुनी, बहाना, तिमीलाई सम्झेर २, ‘खेरै जाने माया, जस्ता लोकप्रिय आधुनिक तथा फ्युजन गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछन् ।

आयोजक समितिले कार्यक्रम हुने हलको क्षमतालाई ध्यानमा राख्दै सिट सङ्ख्या सीमित गरिएको बताउदै पहिला आउनेलाई पहिलो प्राथमिकताको आधारमा प्रवेश दिइने जनाएको छ भने ​अग्रिम सिट बुकिङका लागि  ७०६६ ५६४४, ७०८१ ७५०१ ७५०१ ७५०२ मा सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्न सकिने पनि बताएका छन ।

प्रवासको व्यस्त जीवनबाट केही समय निकालेर कार्यक्रममा सहभागी भैई परिवार, साथीभाइ र आफन्तहरू सँग नेपाली संगीतको उत्सव मनाउन र यो साँझलाई अविस्मरणीय बनाउन आयोजक समितिले कतारबासी नेपालीहरूमा आह्वान गरेका छन ।

nepalijanatakhabar

समबन्धित समाचार